मुख्य समाचार Archive

लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी
सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

बैतडीमा जिप दुर्घटना, २ घाइते
बैतडी , शनिबार अपराह्न बैतडीमा जिप दुर्घटना भएको छ। महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४०

काठमाडौंमा थपिए ९८ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज शनिबार कोरोना भाइरसका ९८ जना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८० जना, भक्तपुरका ९ जना र ललितपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो
काठमाडौँ ,नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

प्रदेश १ मा आज शनिबार ८६ जना कोरोना संक्रमित
विराटनगर , मोरङमा , ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना गरी जम्मा ८६ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६

शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

बाँकेमा थप १० जना कोरोना संक्रमित थपिए
नेपालगन्ज , बाँकेमा शनिवार थप १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठलाई उध्रृत

निसीखोला गाउँपालिकाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु
बागलुङ, निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नम्बर–३ का
भरुवा बन्दुकसहित दुई दाजुभाइ पक्राउ
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शनिबार) फोनवार्ता भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी गराएका छन् । उनले फोन वार्ताका बारेमा

