बाँकेमा थप १० जना कोरोना संक्रमित थपिए

 नेपालगन्ज , बाँकेमा शनिवार थप १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठलाई उध्रृत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुुसार पछिल्लो २४ घण्टामा चारसय ७० नमूना परीक्षणमा बाँकेका १० जना थपिएका हुन् ।योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६ पुगेको छ ।

संक्रमित मध्ये ४ सय ३५ जना उपचारपछि घर फर्किसकेकका छन् । दुई महिलासहित तीनजनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।