प्रदेश १ मा आज शनिबार ८६ जना कोरोना संक्रमित

विराटनगर , मोरङमा , ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना गरी जम्मा ८६ जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैँचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनवर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश १ मा शनिबार सम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ। प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएकामध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा।सरोज विशालले बताए।