नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाडौँ ,नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । जसमा पुरुष ८० जना र महिला २२ जना रहेका छन् ।