काठमाडौंमा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज शनिबार कोरोना भाइरसका ९८ जना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८० जना, भक्तपुरका ९ जना र ललितपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ७७४ पुगेको छ। कुल संक्रमितमध्ये काठमाडौंका १ हजार ४४२ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२९ जना छन्।