देश Archive

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

चन्द्रागिरी केवलकारबारे छानबिन हुनुपर्ने माग

काठमाडौं, उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको खबर आजको कान्तिपुरमा छ । महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४

सिंहदरबार छेउमै यस्तो गजबकाे धन्दा

काठमाडौं ,बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ । मन्त्री र सचिवको खाजाका

अब साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुगिने

उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी  भइरहेको छ।  सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण

१ गतेबाट हर्न बजाउन नपाइने :

काठमाडौं, नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ

रुकुम ,नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । आजको कान्तिपुरमा खबर छ । सिस्नेमा

भूकम्पपीडितलाई ल्याइएका ५० हजार बन्डल जस्तापाता वीरगन्जमा थन्किए,

पर्सा, भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ। नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेशनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि

युवाले गाउँ छाडे, दाहसंस्कार महिलाले गर्छन्

गुल्मी ,सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर

जब विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं , माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु