कोहलपुरमा आफ्नै बाबुले गरे छोराको हत्या

कोहलपुर, बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन । बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० बर्षिय बुबा ठाकुर प्रसाद वलिले अन्दाजी १८ बर्षिय छोरा पोषण वलिलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन ।

धारिलो हतियार खुर्पाद्धारा गर्धनमा प्रहार गरी गम्भीर चोट लागेका वलिलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि पुर्याएको केही समयमा नै अस्पतालले मुर्त घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

छोराको हत्या आरोपमा मृ्र्तकका वुवालाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै उक्त घटनामा प्रयोग गरिएको धारिलो हतियार खुर्पालाई प्रहरीले बरामद गरिसकेको जनाएको छ ।

नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई खुर्पा प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।