कुलमानको उज्यालोमा बर्तौलाको कमान्ड

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व जनक बर्तौलालाई सुम्पिएको छ ।

शुक्रबार सम्पन्न भेलाले बर्तौलालाई अध्यक्षमा चयन गर्दै उपत्यकामा पार्टी संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी दिएको हो ।

अध्यक्षमा चयन भएका बर्तौलालाई पार्टी अध्यक्ष घिसिङसहित नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

जिम्मेवारी पाएपछि बर्तौलाले संगठनलाई थप सुदृढ गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्ने र पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न भूमिका खेल्ने बताए ।

उज्यालो नेपाल पार्टीले पछिल्लो समय आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि सार्दै संगठन विस्तारलाई तीव्रता दिइरहेको छ ।

बर्तौलाको नेतृत्वमा काठमाडौं उपत्यकामा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ ।