यसरी लेखिन्छ अनुसन्धान प्रस्तावना

अध्यनयको महत्व र औचित्यबारे

प्रस्ताव लेखनः

वास्तवमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक आवश्यकता पुरा गरिने शोधपत्रको प्रस्ताव लेख्ने तरिका फरकफरक हुने गरेता पनि अधिकांश विषयको प्रस्तावना समान तरिकाले लेखिन्छ । भाषाको विषयमा भने विषयनुसार अनिवार्य वा ऐच्छिक गरेको पाईन्छ ।

प्रस्तावना लेखनलाई अनुसन्धान प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष मानिन्छ । अनुसन्धानको प्रारम्भ प्रस्तावना लेखन बाट हुन्छ । अनुसन्धान प्रस्तावना अनुसन्धान परियोजनालाई प्रभावकारी रूपमा संचालन गर्न तयार गरिएको एउटा विस्तृत योजना हो । यो एउटा नक्साङकन हो जसले घर बनाउनु अगाडि घरको नक्सा बनाउने काम गरिन्छ । अनि मात्र सोहिनुसार घरको काम गरिन्छ ।

कुनै पनि समस्यामा आधारित भइ अनुसन्धान प्रक्रियामा लाग्नु पुर्व प्रस्तावना तयारी गरि सम्बन्धित विषयविषेषज्ञको सल्लाहमा अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ ।

यसको लागि आवश्यक अंगहरु निम्ननुसार रहेका छन् । स्नातकोत्तर वा विद्यावारिधी तहका लागि तयार गरिने प्रस्तावना को संरचना विश्वविद्यालयको नियम विभागले तोकेको संरचना को आधारमा सोधारर्थिले प्रस्तावना तयारगरि विज्ञको समूहले स्वीकृत गरेपछि उक्त प्रस्तावनालाई आधारमानी अनुसन्धान कार्यलाई सम्पन्न गरिन्छ । जसमा :-

अध्याय एक : परिचय

१.१ अध्ययनको पृष्ठभुमि
१.२ समस्याको कथन
१.३ उदेश्यहरु
१.४ अनुसन्धान प्रश्न
१.५ अध्ययनको महत्व
१.६ अध्ययनको परिसिमा
१.७ शब्दावलीको परिभाषा

अध्याय दुई स् सम्बन्धित साहित्यको पुनरावलोकन

२.१ साहित्यको पुनरावलोकन
२.२ सैद्धान्तिक खाका
२.३ अवधारणात्मक खाका

अध्याय तीन : विधि

३.१ अनुसन्धान ढांचा
३.२ जनसंख्या र नमुना छनौट
३.३ सूचनाका स्रोतहरु
३.४ तथ्यांक संकलनका साधनहरु
३.५ तथ्यांक संकलन प्रक्रिया
३.६ तथ्यांक विषलेषण प्रक्रिया

सन्दर्भ सूची

माथी उल्लेखित ढाँचाको आधारमा प्रस्तावनाका अंगहरुमा के के कुराको आवश्यकता पर्द्छ भन्ने कुराको चर्चा निम्ननुसार गरिन्छ । जसमा सम्पुर्ण शिर्षकहरु माथी नै पुर्णरुपमा छुट्टाछुट्टै राखिएकोले यसमा क्रमश व्याख्या गरिएको छ ।

१.१ अध्ययनको पृष्ठभुमि

अनुसन्धान शिर्षक छनोटगरेपछी अध्ययनको पृष्ठभुमिबाट अनुसन्धानको प्रस्तावना कार्य सुरु हुन्छ । जसमा अनुसन्धान गर्न लागेका समस्याको ऐतिहासिक पृष्ठभुमिको बारे स्पष्ट पारी वर्तमान अवस्थामा उक्त समस्याको उपस्थित के कसरी भएको छ सो कुराको जानकारी स्पष्ट पार्नु पर्द्छ । वर्तमान अवस्थामा छनोट गरिएको समस्यामा केन्द्रित रहि विगत १० बर्ष यताको मात्र पृष्ठभुमि मात्र उल्लेख गर्नु पर्द्छ ।

यो अध्ययन गर्न खोजेको समस्याको विश्व परिवेशलाई लियर देशीविदेशी सन्दर्भका कुराको बारे चर्चा गर्ने स्थानीय सन्दर्भमा केन्द्रित हुने, बृहतर ढंगबाट उठानगरि खोज गर्नका लागि समस्यामा संकुचित हुने र हरेक पृष्ठभुमिको अनुच्छेद पछि उदृतांस राख्ने गर्नु पर्द्छ । जसमा विश्वसन्दर्भबाट प्रबेश गरि देश, क्षेत्र , जिल्ला हुँदै स्थानीय स्तरमा खोजगर्न लागिएको समस्याको उपस्तिथि के छ भनी विशिस्टिकरण गर्नु पर्द्छ ।

१:२ समस्याको कथन

यसमा खोज गर्न लागिएको समस्यालाई प्रष्टरूपमा उल्लेख गर्ने । समस्याको कथनलाई सामान्यतया प्रश्नको रूपमा र कहिलेकाही निर्णयात्मक कथनको रूपमा उल्लेख गरिन्छ । जसले समस्यालाई अनुसन्धानको मुख्य उदेश्यलाई स्पष्ट पार्द्छ ।

अनुसन्धान गर्न लागिएको समस्या के किन कसरी समस्याको रुपमा देखापरेको हो भोलिका दिनमा यसको प्रभाव कस्तो पर्द्छ भन्ने कुरामा संवेदनशील हुनुपर्छ । त्यसकारण समस्याको उठान गर्दै उक्त समस्या समाधान गर्नको लागि चालिएका कदमहरुको रिक्ततालाई स्पष्ट पार्नुपर्छ ।

१.३ उदेश्यहरु

यसमा अनुसन्धान शिर्षक अन्तरगत अनुसन्धानका विशिस्ट उदेश्य समावेश गरिन्छ । जुन क्ःब्च्त् खालका, सम्पुर्ण अध्ययनलाई समेटिने गरि अनुसन्धानको एउटामात्र समस्यालाई पतिनिधित्व हुने गरि उदेश्य तयार गर्नुपर्ने हुन्छ । उदेश्य लेखन गर्दा स्पष्ट , दोहोरो अर्थ नलाग्ने खालका बनाउनु पर्द्छ ।

१.४ अनुसन्धान प्रश्नहरु

यदि परिमाणात्मक अनुसन्धान गर्ने हरुको लागि परिकल्पना गरिन्छ तर गुणात्मक अनुसन्धानको लागि अनुसन्धान प्रश्नहरु तयार गरिन्छ । अनुसन्धान प्रश्न तयार गर्दा उदेश्यनुसार क्रमशः हरेक प्रतिक्रिया दातालाई समेट्नेगरि तयार गरिन्छ । जुन प्रश्नह्ररु तयार गर्दा ध्ज त्रगभकतष्यल जस्तोः के, किन , कसरी , कस्तो ‘ को प्रयोग गरि तयार गरिन्छ । अनुसन्धान प्रश्न भनेको अनुसन्धान कर्ताको लागि रोडम्याप बन्ने गर्दछ ।

१.५ अध्यनयको महत्व र औचित्य

यसमा विषेशगरि अनुसन्धानको नतिजाले शैक्षिक सिद्धान्त एवं अभ्यासमा के कस्तो प्रभाव प्रार्दछ भन्ने कुराको स्पष्ट जानकारी गराउनु पर्दछ । सन्चालन गर्न लागिएको अनुसन्धानले खोज गर्न लागिएको क्षेत्रमा निहित ज्ञानलाई प्रशोधन , सुधार एवं विस्तारमा के कसरी मद्दत पुर्याउदछ भन्ने कुराको स्पष्ट पार्नुपर्छ ।

जसको निचोडले सम्बन्धित सरोकारवालाहरु व्यक्ति , सरकार, गैरसरकारी संस्था, नीतिनिर्माता,पाठ्यक्रमविद, विकासकर्ता, शिक्षक, विद्यार्थी, अभिभावक लाई भविस्यमा पु¥याउने औचित्यलाई स्पष्ट पार्नु पर्दछ ।

१.६ अध्ययनको सिमा र परिसिमा

कतिपयले सिमा र परिसिमालाई एउटै मानेता पनि यिनिहरु फरक हुन् । खासगरी साहित्यको पुनरावलोकन पर्याप्त मात्रामा नगरिएको, अध्ययनले समेट्न नसकेको जनसंख्या, प्रयोग नगरीएको अध्ययन प्रक्रिया जस्ता कुरामा परिसिमा भित्र राखिन्छ ।

तर अनुसन्धानको शिर्षकले सिमानाकृत गरेका अनुसन्धान कर्ताको नियन्त्रण भन्दा बाहिरी कुराहरू सिमा भित्र राखिन्छ । जस्तो प्रदेश ५, जिल्ला बांके, नगरपालिका कोहलपुर , लगायत उदेश्य, विधि, साधन, जनसंख्या, प्रक्रिया लगायत सम्बन्धित अनुसन्धान शिर्षको परिभाषा समेतको सिमा राख्नु पर्दछ ।

१.७ शब्दावलीको परिभाषा

अनुसन्धान प्रस्तावनामा उल्लेख गरिएका कतिपय शब्द लाई पाठक वर्गले सहजै बुझ्न नसक्ने भएकाले त्यसखालका शब्दको पुर्ण अर्थ वताउने माध्यम, प्रयोग गरिएका चरहरुलाई महत्वपूर्ण शब्दावलीमा राखिन्छ ।

१.८ सम्बन्धित साहित्यको पुनरावलोकन

यो निकै महत्वपूर्ण अंग हो । अनुसन्धानको औचित्यलाई प्रष्ट पार्नका लागि उपयुक्त अनुसन्धान विधिको छनोट गर्न, तथ्यांक संकलन र विश्लेषण गर्न, प्रक्रियाको बारेमा ठोस आधार प्रदान गर्न, हालसम्म अनुसन्धान हुननसकेका समस्याको पहिचान गर्न, दुई वा सो भन्दा बढी अनुसन्धानको बीचमा देखिएका मतभिन्नता पतालगाउन यसको प्रयोग गरिन्छ ।

जसले एकपटक अनुसन्धान भैसकेका समस्यामा पुनः अनुसन्धान हुनसक्ने संभावनाको न्यूनीकरण गर्दछ । साहित्यको पुनरावलोकन गर्दा अनुसन्धान गर्ने व्यक्त वा संस्था, अनुसन्धान भएको मिति, अनुसन्धान शिर्षक, उदेश्य, अनुसन्धानको जनसंख्या, नमुना छनोट गर्न प्रयोग गरिएका साधन गरिएका विधि लगायतका कुरामात्र समावेश गरिन्छ ।

१.९ अध्ययनको शैदान्तिक ढांचा

यसले अनुसन्धान कर्तालाई एकीकृत गर्द्छ । यसमा अनुसन्धान गर्न लागिएको समस्यालाई विभिन्न सिद्धान्तले के कसरी व्याख्या गर्द्छन भन्ने कुरासँग स्पष्ट हुनुपर्छ । यसमा केही सिद्धान्त स्पष्ट किटान गरि आवस्यक तथ्यांकहरु संकलन गरिन्छ वा अनुसन्धान शिर्षक संग मेलखाने सिद्धांतलाई जोडिएको हुन्छ ।

१.१० अध्ययनको अवधारणात्मक ढांचा

यसमा अध्ययन गर्न लागिएको समस्यामा निहित चरहरु बीचको सम्बन्धलाई चित्रात्मक, व्याख्यात्मक रूपमा उल्लेख गरिन्छ । अनुसन्धान कर्ताले के कस्ता निस्कर्स आउने अनुमान गरिएको हुन्छ । जसमा अनुसन्धान शिर्षकलाई निकै गहिरिएर , शुस्मा रूपमा उल्लेख गर्ने खाका बनाउने तरिकाको प्रयोग गरिन्छ ।

१.११ अनुसन्धान ढांचा

वास्तबमा यसमा कुन ढांचा वा गुणात्मक, परिमाणात्मक वा मिश्रित विधि कुनको प्रयोग गरि अनुसन्धान गर्ने हो सोही ढांचाको कुरा मात्र उल्लेख गरिन्छ ।

१.१२ जनसंख्या र नमूना छनोट

यहाँ अध्ययनको जनसंख्यालाई स्पष्ट रूपमा परिभाषित गर्नु पर्द्छ । जनसंख्याको आकार के , कति कतिजना कतिजनसंख्या लिने भन्ने कुरामा स्पष्ट भैसकेको अवस्थामा त्यो जनसंख्याको छनोट कुन नमूना विधि जस्तो को संभावना सहिंत वा संभावना रहित मध्यका कुन बिधिको प्रयोग गरि छनोट गरियो भन्ने कुरालाई स्पष्ट पारिन्छ । तर परिमाणात्मक विधिमा संभावना युक्त र गुणात्मक विधिमा संभावना रहित विधिको प्रयोग गर्नु आवश्यक देखिन्छ ।

१.१३ सूचनाका स्रोतहरु

वास्तवमा सूचनाका स्रोतहरु दुइवटा हुन्छन् । प्राथमिक जसमा अनुसन्धान कर्ता आफैले सम्बन्धित क्षेत्रमाबाट प्राप्त स्रोत र अर्को दितिय स्रोत जुन अनुसन्धान कर्ताले पुर्ववत अनुसन्धानबाट प्राप्त स्रोत वा सम्बन्धित साहित्यको पुनरावलोकन गरेका विभिन्न पुस्तक, पत्रपत्रिका, लेख रचना, शोधपत्र , किताब, गुगल, रेडियो, सञ्चारग्राम , दस्तावेज अध्ययन लगायतबाट प्रस्तावना । प्राप्त कुराहरु राखिएको हुन्छ ।

१.१४ तथ्यांक संकलनका साधनहरु

अनुसन्धान कर्ताले अनुसन्धानको तथ्यांक संकलन के कसरी गर्ने, कुन साधनको प्रयोग गर्ने भन्ने कुरा यसमा स्पष्ट पार्नु पर्द्छ । जस्तो कि स् गुणात्मक अनुसन्धानको लागि अन्तरवार्ता अनुसूची, प्रश्नावली अनुसुची, अवलोकन प्रश्नावली , दस्तावेज अध्ययन , लक्षितसमूह छलफल, घटना अध्ययन लगायत थुप्रै साधनको प्रयोगगरि तथ्यांक संकलन गर्ने भन्ने कुराको स्पष्ट हुनुपर्छ । तर परिमाणात्मक अनुसन्धानको लागि भने अंकगणितिय प्रयोग गरिन्छ। सम्बन्धित अध्ययन क्षेत्रमा प्रतिक्रिया दाताबाट सूचना के कसरी प्राप्त गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

१.१५ तथ्यांक संकलन प्रक्रिया

यसमा अनुसन्धान प्रस्तावनामा अपेक्षित लक्ष्यहरु वा तथ्यांक के कसरी संकलन गर्ने हो सो कुरा स्पष्ट संग जानकारी हुनुपर्छ । अध्ययनका लागि अवलोकन गरिएको नमूनाको सम्पर्कमा कसरी पुग्ने , सर्वे, अवलोकन वा अन्तर्वार्ता प्रक्रिया कसरी संन्चालन गर्ने भन्ने कुराको जानकारी हुनुपर्छ ।

१.१६ तथ्यांक विश्लेषण प्रक्रिया

खासगरी यसमा अनुसन्धानबाट प्राप्त तथ्यांकलाई उदेश्यनुसार क्रमशः विभिन्न रूपमा विश्लेषण, ब्याख्यागरि विभिन्न तालिका, ग्राफ, वृतचित्र, एवं चित्रात्मक सामग्रीको प्रयोग गरि परिच्छेद ४ मा उल्लेख गरिन्छ भन्ने कुरा उल्लेख गरिन्छ ।

कतिपयले बजेट र समय तालिका पनि राखेका हुन्छ्न तर शैक्षिक शोधपत्रमा निर्धा्रित समयमा पूरा गर्नु पर्ने हुदा यसको आवश्यकता परेको हुँदैन तर ल्न्इर क्ष्ल्न्इ को प्रस्तावनामा मात्र यसको प्रयोग गरिन्छ ।

सन्दर्भसुची

अनुसन्धानमा प्रयोग गरिएका सम्पूर्ण अभिलेखलाई सन्दर्भ सुचिमा वर्णाणुक्रम अनुसार उल्लेख गरिन्छ । जस्तो स् लेखकको थर नाम, कृतिप्रकाशन मिति, कृतिको नाम, प्रकाशकको नाम, प्रकाशक भएको ठाउँको नाम लगायतका कुराहरू उल्लेख गरिन्छ। प्रस्तावनामा उदृत गरिएका कुराहरूलाई आधिकारिकता प्रदान गरिन्छ ।
जस्तै :

शर्मा एकराज ९२०७५०, शिक्षाको समाजशास्त्रीय तथा दर्शन शास्त्रीय आधार , काभ्रे स् दाजुभाइ पिरिन्टिङ तथा डिस्टिव्युटर्स , जनागल ।

शर्मा एकराज ९२०७१० , विद्यालयमा दन्ड र पुरस्कारको अवस्था, बांकेः बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ।

                                                नोटः लेख्दा सुरुको लाईन मुनि लेख्नु परेमा ठिक ५ अक्षरमुनि लेख्ने गरिन्छ ।

लेखक मध्यपश्चिमान्चल विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक  हुनुहुन्छ ।