नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य

काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने  कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति गरिरहेका मल्ल यतिबेला माओबादी केन्द्रको स्थायी समितिमा परेका हुन ।

माओबादी केन्द्रको काठमाडौँ कमलादीमा बसेको केन्द्रीय समितिको बेठकले मल्ललाई मनोनित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मल्ललाई स्थायी समिति सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए।

मल्ल हाल कर्णाली प्रदेश इन्चार्ज समेत रहेका छन । जाजरकोटका स्थायीबासी मल्ल युद्धकालका पश्चिम क्षेत्रका चर्चित नेता हुन ।

को हुन् कालीबहादुर मल्ल ?

जाजरकोट क्षेत्र नम्बर एकबाट विजयी संविधान सभा सदस्य कालीबहादुर मल्ल देश र जनताको हितमा निरन्तर लागेका एक राष्ट्प्रेमि नेता हुन् ।

२०१४ साल फागुन २१ गते जाजरकोटको सदरमुकाम खलंगा ४ बोहरामा जन्मीएका मल्ल जाजरकोटका संस्थापक कम्युनिष्ट नेता समेत हुन । सदरमुकाममा जन्मीएका उनको बाल्यकाल सुखद नै बित्यो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना भए पछि संयुक्त जनमोर्चामा आबद्ध मल्ल २०४९ सालको स्थानीय निर्वाचनमा जाजरकोट इलाका नं १ को जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए ।

एकिकृत नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध थालनी गरेसँगै भूमिगत भएका मल्ल जनयुद्ध कै क्रममा माओवादीले गठन गरेको जिल्ला जनसरकारको जाजरकोट प्रमुख पनि भए । माओबादी आन्दोलनमा पुर्णकालिन भएसंगै मल्ल निरन्तर प्रचण्डसंर्गै रहेका छन ।