संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध

काठमान्डौ । मोहन वैद्य किरन नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् ।

शनिवार उक्त पार्टी निकट ११ वटा जवस र मोर्चाहरुले
शनिवार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दैं यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

गत वैशाख ३१ गते राती ९ः०० बजे आफ्नै निवास स्थानबाट गिरफ्तार गरिनु भएका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखेको प्रति गम्भीर ध्यानाकर्षण समेत जनाएका छन् ।

उक्त विज्ञप्तिमा शिक्षा क्षेत्रमा भैरहेको चरम मुल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरुका विरुद्ध गृहप्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडिको रुपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट रहेको समेत बताइएको छ ।

विना आधार कथित “अभद्र व्यवहार” को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउदै जनवादी, वामपंथी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रुपहरु भएको समेत बताएका छन् ।

विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबैखाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाईको जोडदार माग गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ तल दिइएको छ :