क्रान्तिकारीद्धारा जेठ ६ गते आम शैक्षिक हडताल सहित आन्दोलनको घोषणा

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट नेपाल निकट अखिल (क्रान्तिकारी) ले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय समितीको तर्फबाट संगठनका सह-संयोजक पेसल दाहालले सोमवार एक प्रेस वक्तव्य जारी गरेर संगठनका केन्द्रीय संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध देशव्यापी रुपमा आम शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् ।

जसमा जेठ २ गते कोणसभा, जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन, जेठ ४ गते पर्चा वितरण, प्रचार-प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेत आतंकको भण्डाफोर, जेठ ५ गते मशाल जुलुश र जेठ ६ गते आम शैक्षिक हड्तालको घोषणा गरौको छ ।

निशुल्क, समान र गुणस्तरीय शिक्षाका लागि संघर्षरत हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक कमरेड मिलन राईलाई ६० औं विद्यार्थी दिवसको पुर्वसन्ध्यामा जनताको रगत चुसेर खाने दलाल राज्यसत्ताका मतियार प्रहरीद्वारा २०८१ वैशाख ३१ गते राती नागार्जुन न.पा. वडा न. १ रानिवन कृष्ण मन्दिरबाट निवास जाने क्रममा अमानवीय र अपहरणशैलीमा गिरफ्तार गरेको बताउदै उनले मानव अधिकारको गम्भिर उलंघन सहित प्रहरीको यस्तो घृणित र तुच्छ हर्कतको घोर भर्तसना र निन्दा समेत गरेका छ ।

संगठनले विनाकारण गिरफ्तार गरि प्रहरीले आफ्‌नो लाज छोप्न कथित अभ्रद व्यवहारको मुद्दा दर्ता गरि जग हसाउने कुकार्य गरेको समेत सह-संयोजक दाहालद्धारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ ।

त्यस्तै कुनै अमुक पार्टीको झोला बोकेर शैक्षिक माफियाहरूसँगको मिलोमतोमा हाम्रो संगठनका नेताकार्यकर्तासंग प्रतिरोध साँध्ने र पुर्वाग्रही रवैया अपनाउने प्रहरीको यस्तो हर्कतबारे सम्पूर्ण पत्रकार मित्रहरु, मानवअधिकार कर्मीहरू, युवाविद्यार्थीहरू र आमजनहरूमा यसको प्रतिरोधका लागि संगठनले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । 

यस्तो छ विज्ञप्ति