खेलकुद Archive

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण

जुडोको सेमिनार
काठमाडौं, नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५०

टिम ‘सी’ र ‘डि’ लाई उपाधि
काठमाडौं, टिम ‘सी’ र ‘डि’ ले प्रथम इन्ट्रा प्रिमियर स्पोर्ट्स एकेडेमी फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ‘सी’ जुनियर तथा ‘डि’ सिनियरमा पहिलो भए । प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको प्रिमियर स्पोर्ट्स एकेडेमीले आयोजना

नेपालले पपुवा न्युगिनीसँग खेल्दै
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय

रिभाईभका प्रिन्स अन्तिम १६ मा
काठमाडौं, रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज

गोपाललाई अमेरिकामा स्वर्ण
काठमाडौं । नेपाली खेलाडी गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा

सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
विराटनगर, विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ ।

स्वस्तिश्रीलाई यु–१२ फुटसल उपाधि
काठमाडौं, स्वस्तिश्री आईबी वल्र्ड स्कुलले यु–१२ जिनियस कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित ग¥यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले

बविस र डेभिडको विजयी सुरुआत
काठमाडौं, केबीएका बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् । भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले

सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा
काठमाडौं, विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश