रिभाईभका प्रिन्स अन्तिम १६ मा

काठमाडौं, रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाले ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपिएफका धामीले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा माथि २१–७, २१–८ को सहज जित निकाले ।

यस्तै जित निकाल्ने क्रममा पुलिसका सुनिल जोशीले सेनाका डेभिड थापा मगरलाई २१–१५, २१–८ ले पराजित गरे । जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने क्रममा सेनाका प्रफुल महर्जनले कपिलबस्तुका अभय महरालाई २१–८, २१–६, सेनाकै पविन लिनथेपले काभ्रेका अंकित भक्त भोछेभ्यलाई २१–९, २१–७, पुलिसका जीवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१२, २१–१६, बिबिसीका आयुश प्रजापतीले भक्तपुरका लक्ष्मी नारायण सुवाललाई २१–१०, २१–११, एनजेसी डल्लुका स्वर्य मानन्धरले गठ्ठाघर स्पोर्टसका बिवेक भट्टराईलाई २१–९, २१–१८, कालिका बिसीका सुदीप सेढाईले धन्यन्तरीका बिकास कटुवाललाई २१–१२, २१–८, पुलिसका पूर्ण बहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१९ को समान अन्तरले, सेनाका नविन श्रेष्ठले १६ फिदरका क्षितिज खनाललाई २१–१२, २१–१४, पुलिसका हिरा राईले एनजेसी डल्लुका अर्ब तुलाधरलाई २१–७ को समान अन्तरले, सेनाका रुकेश महर्जनले भक्तपुरका रिसोद सुवाललाई २१–९, २१–८, एपिएफका देवराज रानाले सेनाका बिवेक चौधरीलाई १४–२१, २१–११, २१–१६ तथा पुलिसका बिष्णु कटुवालले कपिलबस्तुका रोहित बराललाई २१–११ को समान अन्तरले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको महिला एकल तर्फ बिश्व जुनियरको युगल तर्फ उच्च ७ मा रहेकी रशिलाले एनआरएनकी सानिया चन्दलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भएकी छिन् । सेनाकी रशिलाले चन्दमाथि २१–१६, २१–९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरेकी हुन् । यस्तै अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई पराजित गरिन् । गिरीले सुभेक्षालाई २१–८, २१–४ ले पाखा लगाएकी हुन् ।

यस्तै जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी प्रार्थना देउवाले एपिएफक िशोभा गौचनलाइृ २१–७, २१–१०, भोजपुरकी सिता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७, २१–१५, पुलिसकी निता लम्सालले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बुलाई २१–१०, २१–३, एपिएफकी जेशिका गुरुङ्गले सेनाकी रोज पाण्डेलाई २१–१६, २१–१४, एपिएफकी सुनयना मुखियाले सेनाकी प्रेक्षा राईलाई २०–२२, २१–१०, २१–१४ तथा सेनाकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५, २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।