जुडोको सेमिनार

काठमाडौं, नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ ।

सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ  (आईजेएफ) को परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको हो । सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा आफूले आर्जन गरेको ज्ञान अन्यलाई सिकाउनु पर्ने अध्यक्ष वज्राचार्यले बताए ।

एकदिने सेमिनारमा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जित, स्पोर्ट्स डाइरेक्टरद्वय सुप्रसिद्ध ताम्राकार र राजीव प्रधानले नयाँ नियमलगायतका बारे जानकारी गराएका थिए ।