समाचार Archive

गण्डकीको चालु अधिवेशन अन्त्य
काठमाडौँ,गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन्। बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता

पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु
लमजुङ,गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङको मर्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ।घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
गलकोट,बागलुङमा शव फेला परेको छ। बुधबार दिउँसो जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा सव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। शवको

कर्णाली प्रदेश कार्यव्यवस्था समितिको वैठक बस्दै
सुर्खेत,कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरेका छन्।भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक तय गरिएको हो।एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ। यो प्रदेशमा
बागमती प्रदेशसभा बैठक बस्दै
काठमाडौं,बागमती प्रदेशसभाको बैठक विहीबार बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले वताएको छ।प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए। प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव
पोखरा,नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो।सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा

भारतबाट फर्केका पर्वतका एक कोरोना संक्रमितको मृत्यु
बुटवल, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १०

डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण
नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम

समुदायमा फैलिँदै यूके भेरियन्ट
नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट

