आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियाको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली लगातार जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । तर, अन्डर डग टिमको रुपमा रहेको मलेसिया भने पहिलो जित दर्ता गर्ने दाउमा छ । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो।

हेड टु हेडमा भने नेपाल बलियो देखिन्छ । हालसम्म नेपाल र मलेसियाबीच ४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपालले ३ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । तर, पछिल्लो पटक नेपाल थाईल्यान्डमा एसिसी इस्टर्न रिजन एसिया छनोटमा भने पराजित भएको थियो । उक्त खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।