भारतमा कोरोना पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु
प्रकासित मिति : २०७८ बैशाख ५, आइतवार
प्रकासित समय : [nepaliTime]
सुर्खेत,कोरोनाको संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ। दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले वताए।
उनी १५ दिनअघि भारतबाट फर्किएका थिए।रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो। तर ढाँटेर आएको पाइएको छ।
‘गाउँ आउँदा कागजात च्यातेर फर्किएका रहेछन्,’ फोकल पर्सन रेग्मीले भने, ‘नेपालगञ्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो ।’

