एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

खनाल-नेपाल पक्षद्धारा बहिस्कार

काठमाडौँ,सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो।

एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायत पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल हुनेछ।

यस्तै, आजको बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ । महाधिवेशन आयोजक कमिटी गठन गरेको नै जानकारी नभएको र ओलीले विधानविपरीत काम गरिरहेकाले आजको बैठक बहिस्कार गर्ने सो पक्षले जनाएको छ ।