मनकारी अध्यक्ष सेजुवाल जसले गरे क्यान्सर पिडितलाई ब्यक्तिगत सहयोग

कालिकोट, पचालझरना गाउँपालिका खड्गराज सेजुवालले क्यान्सर पिडित भोटे तिरुवालाई आर्थिक सहयोग गरेका छन । अध्यक्ष सेजुवालले  तिरुवाको आर्थिक अभावका कारण अप्रेशन राेकिएको खबर पुगे लगत्तै सहयोग घोषण गरेका हुन ।

गाउँपालिकाबाट सहयाेग गरेपनि आफ्नो ब्यक्तिगत सहयोग भन्दै रु २० हजार उपचारका लागि सहयोग गरेका बताएका छन । अध्यक्ष सेजुवालले तिरुवाको उपचारका लागि सबैले थुकी नदि एकले थुकि सुकि भने जस्तै सबैलाई सक्दो सहयोग गरिदिन हार्दिक समेत गरेका छन । 

पचालझरना गाउँपालिका वडा नं २ निवासी भोटृ तिरुवा लामो समय क्यान्सर पिडित हुन । आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।

अध्यक्ष सेजुवालले आफ्नो फेसबुकवालमा सहयोगको घोषणा गर्दै यसरी लेखेका छन ।

हाम्रो गाउपालिका वडा न दुई निबासि भाेटे तिरुवा क्यान्सर पिडित भई रुपैयाँको अभाबमा अप्रेसन राेकियकाे खबरले दुखित छु । पालिका बाट कति सकिन्छ निर्णयगरि सहयोग गरिनेछ । तत्काल मेरो ब्याक्तिगत रुपले 20000 सहयोग गर्ने छु । सबै थुकि नदि एक ले थुकि सुकि भने जस्तै सबैलाई सक्दाे सहयोग गरिदिन हार्दिक अनुराेध गर्दछु ।सहयोग गर्न चाहनेले नबिल बैंक काे खाता न 08110017502152मा सहयोग गरिदिनु हाेला ।