गुरूकुल बचत तथा ऋण सहकारी संस्थाले गर्यो हडियाबाबा मन्दिर परिसर सरसफाई

नेपालगन्ज,बाँके गुरूकुल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले शनिबार नियमित सरसफाइ अन्तरगत नेपालगन्ज उप–महा नगरपालिका वडा नः ६ स्थित रहेको हडियाबाबा मन्दिर परिसरमा सरसफाइ गरेको छ , ।“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी “ भन्ने मुल नाराका साथ सहकारीको सातौ सिद्धान्त अनुरूप उक्त सरसफाइ गरेकाे हाे ।

“समुदाय प्रति चासो “ का अनुसरण गरि संस्थाले नियमित सरसफाइ महिनाको पहिलो साताको शनिबार गर्दै आईरहेको संस्थाका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिए ।  चाैधरीका अनुसार सरसफाइ कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य ,उप समिति सदस्य लगायत कर्मचारीहरूको उपस्थिती रहेको थियो । 

सामाजिक उतरादायित्व अनुरूप गुरूकुल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले हरेक शनिबार नियमित रूपमा सरसफाइ गर्दै आईरहेको छ ।