कतारका राजाको नेपाल भ्रमणमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं , सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलबारबाट गर्न नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको  हाे । सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताइन्।

कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू हुने पनि बताइन्। उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने पनि बताउनु भयो। कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरू हुने बताइन्।