क्रान्तिकारीको ललितपुर संयोजकमा बिष्णु महर्जन

ललितपुर । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको संयोजकमा बिष्णु महर्जन चयन भएका हुन् ।

संगठनको बागमती क्षेत्रका सवै जिल्ला समेटेर बनाइएको प्रदेश नं. ३ समितीले संगठनका केन्द्रीय सदस्य समेत रहेका विद्यार्थी नेता महर्जनलाई कार्यवाहक संयोजकको जिम्मेवारी तोकिएको हो ।

संगठनका सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उषाकिरण आजादले ललितपुर जिल्ला समितिको काम कार्वाहीलाई अगाडी बढाउन र केन्द्रीय समितिको दोस्रो पुर्ण वैठकले पारित गरेको “मिशन इभ्रिडे अभियान’ जिल्लामा लागु गर्नका साथै केन्द्र र प्रदेशका नीति, निर्देशनलाई जिल्लामा कार्यान्वयन गर्न र जिल्लाका कामकारबाहीलाई नियमित गर्नका लागि हाललाई अर्को निर्णय नभएसम्मका लागि नेता महर्जनलाई कार्यवाहक संयोजकको जिम्मेवारी तोकिएको बताएका छन् ।

यस्तो छ पत्र