दिगो विकासका लागि काठमाडौँमा दिगो बिकास समिट सम्पन्न

काठमाडाैँ, दिगो बिकासका लागि काठमाडौँमा दिगोबिकास समिट सम्पन्न भएको छ । सन् २०१५ सेप्टेम्बर २५ कादिन संयुक्त राष्ट्र संघको महासभाबाट सबै सदस्य राष्ट्रहरूले आत्मसाथ गरेको दिगो विकास लक्ष्य २०३० कार्यान्वयनमा आएको चौथो वर्ष पुरा भएको उपलक्ष्यमा राष्ट्रिय दिगो विकास समिट २०१९ काठमाडौँमा सम्पन्न भएको हो ।

शान्त, न्यायपूर्ण र दिगो विश्वकालागि एक हौँ भन्ने नाराका साथ राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय निकाय, नागरिक तथा सामाजिक संघसंस्थाहरूको साझा सङ्गठन नेपाल दिगो विकास मञ्च, दक्षिण कोरीयाली सरकारको दातृ निकायको नेपाल लगायत विकास साझेदारहरूको संयुक्त आयोजनामा उक्त समिट आयोजना भएको हो ।

कार्यक्रममा दिगो विकास लक्ष्यको चौथो वर्ष मनाइएको गैसस महासंघ नेपालका अध्यक्ष जितराम लामाले बताउनु भयो । कार्यक्रममा सामाजिक नागरिक संघ संस्थाहरूको तर्फबाट तयार पारीएको नागरिक अनुगमन प्रतिवेदन तथालक्ष्य १६, शान्ति, न्याय र सबल संस्थाहरूको मानवअधिकार दृष्टिकोण केन्द्रितप्रतिवेदनबिमोचन गरी सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विकास अभियन्ताहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार, संयुक्त राष्ट्रसंघ, विकास साझेदार, निजी संघ संस्था तथा नागरिक संस्थाहरू साझेदारी र सहकार्यको बिकल्प नरहेको बताएका थिए ।

कार्यकममा बोल्दै प्रमुख अतिथिले दिगो विकास लक्ष्यका सूचकहरूको अवस्था र यसको प्राप्तिकालागि समन्वय र साझेदारीलाई अझै सशक्त बनाउन उक्त सम्मलेनले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । “सरकार दिगो विकास लक्ष्य कार्यान्वयनका लागिगम्भिर छ र यसमा सबैको सहकार्य र साझेदारी आवश्यक छ,” कँडेलले भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपालकालागि दक्षिण कोरियाली राजदुत यङ सी पार्कले नेपालमादिगो विकास लक्ष्य प्राप्तिका लागिपुर्वाधार विकास आवश्यक रहेको भन्दै यसको ६० प्रतिशत स्रोत निजि क्षेत्रबाट आउनु पर्ने बताउनु भयो ।

“पहिलेको तुलनामा नेपालले शिक्षा, स्वास्थ्यलगायतअन्य सामाजिकविकासमा ठूलो फड्को मारेको छ, विद्यमान समस्याहरूको समाधानमा सरोकालवालाहरूबिच सहकार्य आवश्यक देखिन्छ्र,” उहाँले भन्नुभयो ।  कार्यक्रममा उपस्थित सरोकारवालाहरूले आगामीदिनमादिगो विकास लक्ष्य कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाथिए ।