बजारमा आइफोनजस्तै पेस्तोल, प्रहरीलाई तनाव

आइफोन जस्तै देखिने पेस्तोलका कारण यूरोपको प्रहरीलाई तनाव भएको छ । समाचार एजेन्सी पीटीआईकाअनुसारएक पटक अमेरिकामा यसको बिक्री शुरु भयो भने युरोपमा सजिलै अपराधीहरुले प्रयोग गर्ने अधिकारीहरुलाई आशंका छ ।

पेस्तोलको साइज ९ मिलिमिटर छ । यसलाई सजिलै लुकाउन सकिन्छ । आइफोनजस्तै देखिने यो बन्दुक एक बटन थिचेपछि हतियार बन्छ । यो पेस्तोल अमेरिकामा लैजानासाथ अपराधिक समूहले युरोपमा लैजाने कोशिश गर्ने डर रहेको ‘इभिनिङ स्ट्याण्डर्ड’ नामको पत्रिकाले लेखेको छ ।

आइफोन भन्दा पनि एकदमै सस्तो रहेको यो पेस्तोलको मूल्य झण्डै चार हजार रुपैयाँ पर्दछ । बेल्जियम प्रहरीले यसबारेमा राजनीतिक नेताहरुलाई सूचना दिएको थियो ।