व्यानर न्यूज Archive

कर्णाली सरकारः तत्काल फिर्ता नहुने एमालेका मन्त्रीको धारणा

सुर्खेत,नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरु तत्काल फिर्ता नहुने बताएका छन् । उनीहरुले संसदीय दलले सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवैधानिक भएको भन्दै केन्द्रको विवाद समाधान र सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म

महाकाली नदीमा बाढीः निर्माणाधीन पुलको बाँध बगायो

धनगढी,महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका(१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा एक युवतीको मृत्यु

धनगढी,डडेल्धुरामा एक युवती मृत फेला परेकी छन् । घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम नगरपालिका ८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको

कारोनाः बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

नेपालगंन्ज,दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । जिल्लाका अस्पतालहरुमा हाल ७४ जना बिरामी मात्र उपचाररत रहेका छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं,नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।  उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । बिष्टको भेन्टिलेटरमा

नेपालमा थप २४०१ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन्

मर्स्याङ्दी नदी थुनियो

मनाङ,चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले

पहिरोले जुम्लामा १० घर भत्किए

सुर्खेत,निरन्तर वर्षाका कारण जुम्लामा १० घर भत्किएका छन् । जिल्लाको हिमा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा आइतबारदेखि परको अविरल वर्षाका घर भत्किएका हुन् । घर भत्किएसँगै थप ८० घर पहिरोको उच्च जोखिममा परेका छन्

तत्काल मौसम सामान्य हुने अवस्था छैनः मौसमविद्

काठमाडौं,केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले जनाएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । “यस वर्ष

मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय,वडा कार्यालय र विद्यालय

काठमाडौं,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ। शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो। तर, मानवीय क्षति भने भएको छैन।बाढीको उच्च जोखिम भएकोले प्रहरीले