कांग्रेसबाट पालिका अध्यक्ष लडेका पचालझरनाका भानुभक्त माओबादी केन्द्रमा

कालिकोेट, नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउपालिकामा अध्यक्षका लडेका भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेस गरेका छन ।

गत स्थानियतहको निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष लडेका सन्ज्याल विहिवार माओबादी केन्द्रमा प्रबेस गरेका हुन् ।

नेपाली कांग्रेस परित्याग गरेका उनि सहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई निबर्तमान मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सह ईन्चार्ज महेन्द्र बहादुर शाहीले स्वागत गरेका छन् ।

गत स्थानियतहको निर्वाचनमा पचालझरना गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका नेता खड्गराज सेजुवाल सँग कांग्रेस नेता सन्ज्याल झिनो मतान्तरले पराजित भएका थिए ।

बिरेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा निबर्तमान मुख्यमन्त्री शाही सहित कर्णाली प्रदेश पार्टी सचिव रामदीप आचार्य, कालिकोट जिल्ला पार्टी सह-ईन्चार्ज तथा रास्ट्रियसभा सदस्य जीवन बहादुर बुढा, पुर्व जिल्ला अध्यक्ष तथा संघिय संसद दुर्गा बहादुर रावत, बर्तमान कालिकोट पार्टी जिल्ला समन्वय समिती संयोजक धनजित शाही, रास्कोट नगरपालिका मेयर तथा पार्टी केन्द्रीय लेखा आयोगका सदस्य कासिचन्द्र बराल, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने लगाएतले स्वागत गरेका थिए ।