बाँकेमा रास्वपा वडा सभापतिसहित पाँच जना जुवाडे पक्राउ
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवारबाट प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

शुक्रबार राति टोपबहादुर ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्र डम्बर पालले जानकारी दिए ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, कोहलपुर नगरपालिका–५ का राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर ओली रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका कुलबहादुर ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति हुन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर जुवासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

