मुख्य समाचार Archive

नेपाल बैंकले विशेष साधारणसभा आह्वान
काठमाडौं, नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १९ गते बिहान ११ बजे विशेष सधारणसभा बोलाएको हो । बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा

कालोबजारी गर्नेलाई १५ लाख जरिवाना
काठमाडौँ, प्याजमा कालोबजारी गर्नेलाई कार्बाही गरेको छ । बजार अनुगमनको क्रममा ८ ब्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ जना ब्यापारीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँदेखि ३

कर्मचारी करारमा नियुक्त गर्ने लोकसेवाको तयारी
काठमाडौँ, विगतका दिनहरुमा लोकसेवाको लिखित, मौखिक र प्रयोगात्मक पास गरेपछि मात्र कर्मचारी लिने गरेको लोकसेवाले अहिले बिना परिक्षा कर्मचारी नियुक्त गर्ने भएको छ ।गत साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले करारमा १ हजार ६ सय ८१

छालासहित २२ हजार वर्ष पुरानो भालुको शव भेटियो
एजेन्सी, आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा

कोभिड-१९ अहिलेसम्मकै ठूलो संकट निमत्यो : मन्त्री ज्ञवाली
भैरहवा, सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘विश्व अर्थव्यववस्था नै सबैभन्दा कमजोर अवस्थामा छ। हाम्रो पुस्ताको लागि यो

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने
काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ। परिषद्ले सूचना सार्वजनिक गर्दै वार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ। परिषद्ले परीक्षा फर्म ४ असोजदेखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने

उपमहानगर कमिटीद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताल कोविड-१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कमिटीले ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो । नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा
काठमाडौं, नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा आएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।भरतपुर अस्पतालको आईसीयूमा उपचाररत पर्साको हरिहर गाउँपालिकाका ५५ वर्षिय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । मिर्गौलाको डायलसिस गर्दै आइरहेका ती पुरुषलाई कोरोनाको लक्षणसहित

गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान

