मुख्य समाचार Archive

पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता

पाल्पा, पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्

बुटवल कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

बुटवल ,बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा

स्याङ्जामा घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु

वालिङ , गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी

चितवनमा मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

चितवन,  चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका–३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता

पाल्पा, पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पहिरोले घर पुरिंदा मानिस

कोरोनाको एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन सुरु

काठमाडौं, कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग

अझै बाढीपहिरोको जोखिम

काठमाडौँ ,मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम

कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं , नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका

सामुदायिक विद्यालयका शिक्षक घरदैलोमा पठाइँदै

काठमाडौँ , सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज

हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

हुम्ला , स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । कोरोना सङ्क्रमित भएकामा