नेपाल बैंकले विशेष साधारणसभा आह्वान

काठमाडौं, नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १९ गते बिहान ११ बजे विशेष सधारणसभा बोलाएको हो । बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको हो ।

हाल बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या ४ र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ जना रहँदै आएको छ । तर अबका दिनमा परिमार्जन गरेर सरकार र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने संचालकको सख्या ३र३ जना बनाउने प्रस्ताव गरेको छ । साथै बैंकले विशेष साधारणसधाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

यसैगरी बैंकले मौजुदा प्रबन्धपत्र र नियमावलीलाई समानुकुल अद्यावधिक गर्ने भएको छ । प्रबन्धपत्र र नियमावली थपघट तथा परिमार्जनका लागि संचालक समितिलाई अख्तियारी दिनका लागि समेत प्रताव गरिएको छ ।