कर्मचारी करारमा नियुक्त गर्ने लोकसेवाको तयारी

काठमाडौँ, विगतका दिनहरुमा लोकसेवाको लिखित, मौखिक र प्रयोगात्मक पास गरेपछि मात्र कर्मचारी लिने गरेको लोकसेवाले अहिले बिना परिक्षा कर्मचारी नियुक्त गर्ने भएको छ ।गत साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले करारमा १ हजार ६ सय ८१ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।

गत बैशाख २४ गते मन्त्रीपरिषदको बैठकले प्रशासनिक खर्च कम गर्नको लागि नयाँ कर्मचारी भर्ना र नियुक्तीमा रोक लगाएसंगै धेरै विद्यार्थीहरु चिन्तित बनेका थिए । अहिले धेरै विद्यार्थिहरु लोकसेवाको तयारीमा जुटेका छन् ।सरकारले अस्थायी दरबन्दीमा धेरै सङख्यामा रोजगार दिने भएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालय अन्तर्गत ७ सय १५, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गत ३ सय ७७, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगत ३ सय ६७ र खानेपानी मन्त्रालय अन्तर्गत २ सय २३ अस्थायी दरबन्दी स्विकृत भएको छ ।साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले थप अस्थायी दरबन्दी स्वीकृत गरेको थियो ।

सो बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत २ सय ३९ र कानुन, न्याय तथा संसदीय मामिला अन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत गरेको छ ।