देश Archive

पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, पाँच बेपत्ता
तनहुँ, अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री गरेपछि…
काठमाडौं, अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश

आज २०७ औँ भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली

नेपालले भारतलाई भन्यो- ‘नैतिक सीमा नाघ्नुहुँदैन’
काठमाडौँ, भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६
सुर्खेत, कर्णाली प्रदेशमा आइतबार थप २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल
सुर्खेत, एक जना कैदीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो

दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबईमा वेपत्ता
गुलरिया, दाउरा टिप्न गएका श्रीमान-श्रीमती नदिले बगाएर वेपत्ता भएका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा श्रीमान श्रीमतिलाई बगाएर वेपत्ता भएका हुन । शनिबार दिउँसो ठाकुरबाबा नगरपालिका ४ निवासी

गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ११९२
पोखरा, गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो

