१२ जना कैदीमा कोरोना संक्रमण भेटिएपछि बाँके कारागार सिल

एक प्रहरीमा पनि पुष्टि

बाँके, कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको छ । १२ जना कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको हो । साथै इलाका प्रहरी कार्यालय कोहोलपुरका एकजना प्रहरीमा कोरोना भेटिएपछि बाँकेमा मंगलबार १३ जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा बाँके कारागारका १२ जना कैदी र इलाका प्रहरी कार्यालय, कोहलपुरमा रहेका एक जना कैदीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार  जिल्ला कारागार बाँकेबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको बताइएकाे छ । मंगलबार फेला परेका संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका भएका अस्पतालले जनाएको छ।

तीमध्ये दुई महिला ११ पुरुष छन्। इलाका प्रहरी कार्यालयका कैदीमा कोरोना देखिएपछि कार्यालय सिल गरिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरीलाई भित्र राखेर बाहिर ड्युटी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए। संक्रमित फेला परेपछि कारागारलाई पनि सिल गरी भेटघाट बन्द गरिएको प्रहरीले जनाएको छ।