काठमाडौंमा कोरोना संक्रमनबाट ६५ बर्षिया वृद्धाको मृत्यु

काठमाडौं, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो । वृद्धामा स्वास्थ्यसमस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।

तर, त्यहाँ उनमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि १६ गते एपिएफ अस्पतालमा रिफर गरिएको थियो ।निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।