भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौँ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

आइतबार दर्ताको प्रयास भएपनि समय अभाव भएको र केही कागजात नपुगेको भन्दै उच्च अदालतले सोमबारमात्रै निवेदन दर्ता गरेको थियो ।

निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ ।