जाजरकोटका मृगौला पिडित मनोजद्भारा उपचारमा सहयोग गरिदिन आग्रह

विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन सार्वजानिक अपील गरेका हुन् । उनि देशपरिवर्तनको खातिर सपरिवार सहित १० बर्षे जनयुद्धमा जनकलाकार हुँदै जनमुक्ति सेनाकाे गोद्धा भएर लडेर गणतन्त्र ल्याउने मध्यका उनि गणतन्त्रको एक सिपाई समेत हुन् ।

उनि जनमुक्ति सेनाका तत्कालीन डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’का कान्छा भाई हुन् । कमाण्डर चलाउने हाल मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता हुन् ।

निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा लागिरहेका तथा माओवादी आन्दोलन भित्र इमानदार छबि भएको नेताको रुपमा चिनिएका चलाउनेले आफ्नो कान्छो भाई मनोज चलानउनेको स्वास्थमा जटिल समस्या आएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टार्टस समेत लेखेका छन् ।

‘कान्छाे भाई मनाेजकाे मृगाैला डाइलाईसिस आजबाट शुरू भयाे । महंगाे उपचार प्रणालीकाे सिकारले कति बेला सम्म लखेट्ने हाे ? त्यसकाे सामना कति सम्म हुनसक्ला ? कठिन परिक्षाकाे घडि शुरू भयाे ।’

त्यस्तै उनले लेखेका छन्, ‘निरन्तरकाे क्रान्ति यात्रामा ऊ पहिला जनकलाकार भयाे र पछि जनमुक्ति सेनाकाे सिपाही ! ऊ र ऊ जस्तै याेद्धाहरूकाे रगत र पसिनाले आएकाे गणतन्त्र आज उसकाे छैन ! ऊ एक आम मानिस हाे । आम मानिसहरू झैं पैशाले जीवन किन्ने ल्याकत ऊ सँग छैन । फेरि पनि सबै आफन्त र मित्रजनहरूकाे सदिच्छाकाे ताकतले उसकाे जिवनलाई बल मिलाेस् !’

‘दुनियाँलाई निःशुल्क स्वास्थ्य र शिक्षाकाे सपना बाँड्दै हिड्ने महायात्राकाे ऊ पनि एक सिपाही थियाे, उनले भने ‘ठुलाे बुवाकाे छाेरा मेराे प्रिय सहयात्री तेज(खड्ग) दाई तत्कालिन प्रहरीद्वारा २०५५ भाद्र २ मा कब्जामा लिई मारिएपछि उसकाे सहादतकाे वदलामा श्रद्धाञ्जली सभाबाटै आफुलाई हाेलटाईमर घाेषणा गर्ने ऊ, बहिनी बदला र ठुलाे बुवा हुनुहुन्थ्याे ।’

चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत महिना स्वास्थ्यमा एक्कासि समस्या आएपछि अस्पतालमा उपचारका लागि पुगेका थिए ।

उपचारकारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए । अहिले उनले काठमाडौको भेनस अस्पतालमा डायलाइसिस गराइरहेका छन् ।

मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ । तर हाल डायलासिस प्रक्रियामा नै ठुलो रकम खर्च भइसकेको छ ।

उनको उपचारमा लागिरहेका आफन्तजनहरुले उनको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय संसारभर छरिएर रहेका नेपालीहरुकै सहयोगका कारण धेरै नेपालीहरुको ज्यान जोगिएको भन्दै राष्ट्रका लागि योगदान गरेका पनि सहयोग जुट्ने आशा गरे ।

चलाउनेका जिवनसंगिनी सहित दुई छोरा र एक छोरी छन् । उनको जिवन संगिनि समेत पुर्व माओवादी लडाकु हुन् ।

यदी तपाई पनि उहाँलाई सहयोग गर्न चाहानुनुहन्छ भने, उनको नाममा लक्ष्मीसनराइज बैंकमा Man Bahadur Chalaune को नाममा रहेको खाता नं. 1020526583205001 मा जम्मा गरिदिएर सहयोग गर्न सक्नुहुन्छ । साथै उनको मो. नं. 9868161855 मा सम्पर्क गरेर समेत मिर्गौला पिडित मान बहादुर चलाउने (मनोज) लाई सहयोग गर्न सक्नुहुनेछ ।