विश्वबिद्यालय प्राज्ञिक थलो बन्न सकेन्

राज्यको लागि आबश्यक पर्ने विविध प्रकारका सिपयुक्त, दक्ष, कर्मठ, नैतिक जनशक्ति उत्पादन गर्ने निकाय बिश्वबिद्धालय हो। बिश्वबिद्यालय एकातर्फ ब्यक्तिका आबश्यकताहरु परिपुर्ति गर्न सक्नु पर्दछ भने अर्को तर्फ समाज र राज्यको समुन्नत बिकासका लागि यथेष्ट मात्रामा योगदान पुर्याउन सक्नु पर्द्छ।

हामी बिकशित देशका बिश्वबिद्यालय हरुलाई हेरेउ भने ती बिश्वबिद्यालयहरुले माथी भने बमोजिमका कामहरु गरिरहेका छ्न। किन् ती बिश्वबिद्धालयहरु अब्बल बिश्वबिद्यालय बन्न सके ? भनेर खोज्यौ भने कारण सहजै भेटाउन सक्छौ कि ती बिश्वबिद्यालयहरु साच्चिकै बिश्वबिद्यालयको रुपमा स्थापित हुन सकेका छन । बिश्वबिद्यालय प्राज्ञिक थलोको रुपमा स्थापित भएका छ्न।

बिश्वबिद्यालयको प्राज्ञिक मर्यादालाई कुनै पनि राज्यशक्तिले हस्तक्षेप गर्न सक्दैन । खुल्ला र निस्पक्ष प्रतिस्पर्धाको आधारमा जनशक्ति परिपुर्ति गरिन्छ, कार्यक्षमताको आधारमा नितिगत रुपमा पदाधिकारी नियुक्त गरिन्छ । प्राध्यापक तथा कर्मचारीको कार्य सम्पादन मुल्यांकन र विशिष्टताको आधारमा पदोन्नति गरिन्छ। 

प्राध्यापक साचिकै सिकाउन बिश्वबिद्यालय जान्छ्न भने बिद्यार्थी साचिकै सिक्न बिश्वबिद्धालय जान्छ्न । समाज र राज्यको आबश्यकतालाई सहिरुपमा विश्लेषण गरेर जनशक्ति योजना तयार गरिन्छ । अन्तरास्ट्रिय प्रतिस्पर्धामा भिड्न सक्ने जनशक्ति तयार पारिन्छ । बिश्वका विभिन्न उत्कृष्ट बिश्वबिद्धालयहरुको बिचमा प्रतिस्पर्धाको बाताबरण तयार गरिन्छ, अनि मात्र साच्चिकै अन्तरास्ट्रिय स्तरमा अब्बल बिश्वबिद्धालयको रुपमा आफुलाई स्थापित गर्न सकेका छ्न भने बिश्वका दिग्गज मस्तिष्कको रोजाइमा ती बिश्वबिद्धालयहरु पर्न सकेका छ्न ।

नेपालमा उच्च शिक्षाको कुरा गर्दा बि।स १९७५ मा तत्कालीन श्री ३ महाराज चन्द्र शमशेर जबराले स्थापना गरेको त्रिचन्द्र कलेज नै पहिलो उच्च शिक्षा प्रदान गर्ने निकाय हो भने बिश्वबिद्यालयको कुरा गर्दा बिस २०१६ सालमा स्थापित त्रिभुवन बिश्वबिद्धालय नेपालको पहिलो बिश्वबिद्धालय हो ।

त्यस भन्दा पछाडी थुप्रै बिश्वबिद्धालयहरु स्थापना भए तर बिश्वबिद्धालयहरुले साच्चिकै प्राज्ञिक थलोको रुपमा आफुलाई स्थापित गर्न सकेनन् । यो कुनै मनोगणन्ते आरोप नभै नेपालको उच्च शिक्षाको बर्तमान अबस्थाको यथार्थ विश्लेषण हो। नेपालबाट उच्च शिक्षा हासिल गरेको जनशक्ति ठूलो सख्यामा बेरोजगार भएर खाडी मुलुकमा ज्याला मजदुरि गर्न बाध्य छ। बिश्वबिद्धालयले सर्टिपिकेट त प्रदान गर्यो तर त्यो अनुसारको क्षमता, सीप, दक्षता प्रदान गर्न सकेन।

बिश्वबिद्धालयबाट उत्पादन भयको जनशक्तिमा जुन अनुसारको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको ज्ञान, सिप, धारणा, अनुभबको बिकाश हुनु पर्ने हो त्यो हुन सकेन । बिश्वबिद्यालयबाट उत्पादित जनशक्तिमा नैतिक आचरणको स्खलन देखियो। बिश्वबिद्धालयले आत्मनिर्भर हुन सक्ने शिक्षा दिन सकेन । शिक्षा रोजगार केन्द्रित भयो ब्यबसायिक भएन।  उच्च शिक्षाले विद्यार्थीमा सकरात्मक धारणाको बिकाश गराउन सकेन ।

स्वस्थ प्रतिस्पर्धामा उत्रन सक्ने नागरिक तयार पार्न सकेन, यी सबै कारणले उच्च बौद्धिक तहका विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजिमा बिदेश पलायन हुन थाले, बिश्वबिद्यालयको शिक्षा सम्भ्रान्त बर्गिय बन्न गयो। उच्च शिक्षाले तल्लो स्तरको बर्गलाइ आकर्षित गर्न सकेन । बिश्वबिद्धालय तहको शिक्षा आम्दानिको श्रोतको रुपमा नभै शिक्षाको लागि शिक्षाको रुपमा दिनदिनै रुपान्तरण हुँदै गयो। समग्रमा भन्दा बिश्वबिद्यालयले नत ब्यक्तिको आबश्यकता पूरा गर्न सक्यो नत समाजको आबश्यकता नै, अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नत कुरै छोडौ बिश्वका राम्रा बिश्वबिद्यालयले बिस्तारै मान्यता दिन छोड्दै जाने अबस्था आयो।

बिश्वबिद्यालयमा ब्यथितिको पराकाष्ठा दिनप्रतिदिन बड्दै जान थाल्यो । राणाकालमा स्थापना भएको त्रिचन्द्र कलेज राणाहरुको पन्जा भन्दा बाहिर जान सकेन ।  पन्चायतकालमा राजाहरुले आफ्नो हुकुमी शैलिमा बिश्वबिद्यालयलाई चलाए। बहुदलीय ब्यबस्थाको स्थापना भयपछी बिश्वबिद्यालय दलिय स्वार्थमा रुमलियो, । १० बर्षे जनयुद्धमा जङ्गलबाट बुर्जुवा शिक्षाको नारा लगाउदा एउटा तप्कामा चर्चा र छलफल भयो।

लोकतन्त्रको स्थापना पश्चात् बिश्वबिद्यालयमा पनि लोकतान्त्रिक अभ्यास अगाल्न थालियो, बिश्वबिद्धालय भागबन्डाको अखडा बन्न पुग्यो, राज्यसत्ताको फोहोरी खेलमा बिश्वबिद्यालयका प्राज्ञहरु रमाउन थाले, बिश्वबिद्यालयको पदाधिकारी नियुक्तिमा राजनैतिक हस्तक्षेप उत्कर्षमा पुग्यो । 

प्राध्यापकहरु नेताको दौराको फेर समातेर बिश्वबिद्यालयको महत्त्वपूर्ण पदमा जानपनि लाज पचाउन थाले। बरिस्टता, बिद्वता, प्राज्ञिकता जस्ता कुराहरु बिश्वबिद्यालयमा कमजोर बन्न पुग्यो। राजनैतिक दलहरुले आफ्नो दलिया स्वार्थ पूरा गर्न प्राध्यापकहरुलाई आफ्नो कार्यकर्ता बनाउन थाले। बिश्वबिद्यालयहरु राजनैतिक दलका भर्ती केन्द्र हुन थाले।

प्राध्यापकहरुले पार्टीको अलग अलग सगठन निर्माण गर्न थाले, विद्यार्थी पनि पार्टीका कार्यकर्ता भए, पढ्न र पढाउन जान भन्दा पनि राजनीति गर्न जाने थलो बन्यो बिश्वबिद्यालय । प्राध्यापक तथा कर्मचारी छनौट प्रक्रियामा राजनैतिककरण भयो। रत्नपार्कबाट आन्दोलन गरेर बिश्वबिद्यालयमा जागीर मिल्यो।

नेताको सिफारिसमा बिश्वबिद्यालयमा प्रबेश गर्ने संस्कृतिको बिकास भयो। हाम्रो प्राध्यापक र हाम्रो विद्यार्थी भन्दा पनि मेरो पार्टीको प्राध्यापक र मेरो पार्टीको बिद्यार्थी भन्ने बाताबरण हाबी भयो । राम्रोलाई होइन हाम्रोलाई प्राथमिकता दिन थालियो। राजनैतिक दलको आडमा नियुक्ति भएका पदाधिकारीले राजनैतिक दलको स्वार्थमा काम गर्न थाले। थोरै सख्यामा रहेका प्राज्ञिक बर्गमा नैरास्यता उत्पन्न हुन थाल्यो।

ठगेर खाने प्राध्यापक र चोरेर पास हुनु पर्छ भन्ने विद्यार्थीहरुको जमात दिन प्रतिदिन बढ्दै गयो। बिश्वबिद्यालयमा स्वस्थ प्रतिस्पर्धाको बाताबरण बिस्तारै सकिदै गयो। काम थोरै कुरा ठुला हुन थाले। बिश्वबिद्धालयमा अराजकता दिनप्रतिदिन बढ्दै गयो। यकले अर्कोलाइ आरोप प्रत्यारोप गर्दै दिनहरु बित्न थाले, राज्यसत्तालाई नै खबरदारी गर्ने बिश्वबिद्धालय राज्यसत्ताको गुलामी हुन पुग्यो। बिश्वबिद्यालयको आफ्नो ओर्जिनालिटी रहेन मात्र कपि पेस्टमा बिश्वबिद्धालय अगाडी बढ्न थाल्यो। यी सबै हर्कतले नेपालका कुनै पनि बिश्वबिद्यालय प्राज्ञिक थलो बन्न सकेनन।

लेखकः मध्यपश्चिम बिश्व बिद्यालय, बागेश्वरी बहुमुखी क्यामपसको उपप्राध्यापक हुनुहुन्छ ।