प्रहरीले मानव अधिकारको गम्भिर उलंघन गर्यो : मिलन राई

काठमाडौं । अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले प्रहरीले मानव अधिकारको गम्भिर उलंघन गरिरहेको बताएका छन् ।

संगठनको केन्द्रीय समितीको आयोजनामा एक प्रेस वक्तव्य जारी गर्दै संयोजक राईले कोठामा बसिरहेको समयमा संगठनका केन्द्रीय सदस्य हस्त विकलाई विनाकारण अपहरण शैलिमा गिरफ्तार गरी कोठासम्म खानतलास गरेर प्रहरीले मानव अधिकारको गम्भिर उलंघन गरेको बताए ।

संयोजक राईले शैक्षिक माफियाहरूको ठाडो निर्देशनमा दलाल राज्यले आफ्‌नो प्रहरी प्रशासन लगाई गिरफ्तार गरेको घटनाप्रति संगठन घोर आपत्ति जनाएको समेत बताए ।

गिरफ्तार नेतालाई यथाशिघ्र रिहाई नगरिए शैक्षिक माफिया विरुद्ध संघर्षको आँधिवेहरी सिर्जना हुने समेत चेतावनी दिए ।

यस्तो छ विज्ञप्ति