हाम्रो आर्थिक सम्भावना भबिष्य र कार्यभार

(क)कृषि क्रान्ति:

युरोपमा बिशेष गरि बेलायतमा १७औं शताव्दीमा नै कृषि क्रान्ती सम्पन्न भएको थियो।बढ्दो जनसंख्याको खाद्यान्नको मागलाई पूरा गरि खाद्यान्नमा आत्मानिर्भर पहिलो आवश्यकता थियो त्यो पछि बढेर निर्यात प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्न केन्द्रित भयो।अहिले ३०० बर्षपछी हामी ठ्याक्कै त्यहीँ अवस्थामा छौं। हात र पशुहरु हाम्रा उत्पादनका मुख्य साधनहरु भएका छ्न जबकी अहिले बिश्वमा प्रबिधिले यो स्थान लिइसकेको अवस्था छ।यसको मतलब दुनियाँ चौथो औधोगिक क्रान्तिको संघारमा छ भने हामी पहिलो औधोगिक क्रान्ति कसरी गर्ने भन्ने ठाउँमा छौं अब एकैपटक ४ वटै औधोगिक क्रान्ति गर्नैपर्ने ठाउँमा छौं तर कसरीरुप्राकृतिक विविधताले गर्दा सबै ठाउँमा सबै ठाउँमा एकै किसिमको अर्थनितिले काम गर्दैन त्यसैले सोही बमोजिमको अर्थनीति बनाउन जरुरी छ।

ख) हिमाली प्रदेश:

हिमाली प्रदेश करिब ३३५० मिटर देखि ८८४८.८६ मिटरसम्म यो प्रदेश अवस्थित छ।यहाँ विभिन्न प्रकारका जिबजन्तु,बहुमुल्य जडिबुटीहरुले सम्पन्न प्रदेश मानिन्छ।त्यति मात्रै नभइ यो प्रदेश जैविक विविधताको धनी र सबैभन्दा स्वच्छ प्रदेश मानिन्छ।धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको यो प्रदेशमा विभिन्न प्रकारका धार्मिक स्थलहरु रहेका छ्न।यहाँ अब सरकारले यो क्षेत्रलाई आर्थिक रुपले सक्षम बनाउन तिनटा नीति अनिवार्य रुपमा ल्याउन जरुरी छ।

१)Tourism policy:

पर्यटन बिकासका लागि आवश्यक पर्ने पुर्वाधार बिकास गर्न,यहाँ पुर्व देखि पश्चिम सम्म रहेका मुख्य हिमालहरुलाइ एकअर्कासङ्ग जोड्न,हिमाली पर्यटकिय क्षेत्र र हिमालहरु एकाअर्कासङ्ग जोड्ने हिमाली पदमार्गको कामलाइ तिब्रता दिन,यहाँ प्रचलित रहेको बौद्ध धर्म र संस्कृतिलाई विश्व माझ पुर्याउन सोही बमोजिमका धार्मिक एवम् संस्कृतिक पुर्वाधार निर्माण गर्न,यहाँ रहेका १३१० भन्दा बढी चुचुरालाइ Treaking मार्ग मार्फत एकाअर्कालाई जोड्न,हिमाली क्षेत्रमा प्रवाह हुने हिमाली नदि छेउछाउमा पर्यटकलाइ बास बस्न र समय बेतित गर्न योग्य आरामदायी एवम् सुरक्षित भौतिक संरचनाको बिकास गर्न,जंगली जनावरबाट सुरक्षीत हुन घेराबार सहितको ट्रेकिङ स्थल निर्माण गर्न,ठाउँ ठाउँमा पर्यटक बिरामी हुँदा हिमाली जडिबुटीको नि.शुल्क औषधिको व्यवस्था लगाएत हाम्रो पुर्विय दर्शनलाई संसार भर चिनाउन सुबिधासम्पन्न योग केन्द्रको स्थापना गर्न,होमेस्टे स्थापना मार्फत स्थानिय स्वाद र परिकारका मिष्ठान्न भोजनले पर्यटकलाइ प्रशन्न पार्न विभिन्न पर्यटकीय पुर्वाधारको बिकास गर्न tourism policy लागू लागु गर्नैपर्छ।

Herbal plants को स्थापना: यहाँ ७००/८०० भन्दा बढी जडीबुटी रहेका छ्न भन्ने तथ्यांक सार्वजनिक भएका छ्न। तिनिहरुको उचित औद्योगिकरण मार्फत देशको तिब्र आर्थिक बिकास गर्न,यहाँ जडीबुटी उद्योगको बिकास गर्न र आयुर्वेदिक औषधालय र प्राकृतिक चिकित्सा पद्धतिको बिकास गरि औषधि आयात प्रतिस्थापन गरि देशलाई यो क्षेत्रमा आत्मानिर्भर एवम् विकसित गर्न Herbal plants policy ल्याउनुपर्छ।

३)Agricultural policy:यहाँ उत्पादन हुने घरेलु उत्पादनलाई ब्राण्डिङ्ग गरि नासोको रुपमा बिदेशी तथा स्वदेशी पर्यटकलाई दिन,पशुपालन र तिनीहरबाट बनेका चिजहरुको ब्राण्डिङ्ग गर्न एवम् अर्गानिक र मौलिक उत्पादन गर्न पनि agricultural policy ल्याउनु पर्छ।

(ख)पहाडी प्रदेश:

सर्वप्रथम पहाडी प्रदेशका विभिन्न जिल्लाहरुलाइ एकाअर्कासङ्ग जोड्ने मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिनुपर्छ।यो राजमार्ग किनपनी महत्त्वपूर्ण छ यसले यो देशका आधा जत्ती जिल्लाहरुलाइ जोड्ने गर्छ साथै भारतका सिक्किम र दार्जीलिङलाई पनि जोड्ने छ।जसले नेपालि भाषी दार्जीलिङगे र सिक्किमेसङ्गको हाम्रो ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्ने छ।साथै सिमा वारपार बस्तु तथा सेवाको निर्यात तथा आयातलाई थप सहज बनाउनेछ।पहाडी प्रदेशलाई सम्पन्न एवम् आत्मानिर्भर बनाउन मुख्यतः ३/४ नीति ल्याएर कामको थालनी गर्नुपर्छ।

धातुजन्य उद्योगको स्थापना:

पहाडी प्रदेश आफैमा बहुमुल्य धातु एवम् खनिज सम्पदाले भरिपुर्ण प्रदेश हो तिब्र वैदेशिक लगानिको आकर्षण एवम् स्वदेशी लगानिको भरपुर उपयोग मार्फत यो क्षेत्रमा कलकारखाना उद्योगको स्थापना गर्न साथै कृषि सामाग्रीहरुको उत्पादनमा आत्मानिर्भर साथै तिब्र औधोगिक बिकासको लागि नयाँ प्राबिधिकहरुको उत्पादन तथा बिदेशबाट नयाँ प्रबिधि भित्र्याइ यहाँ उत्पाद्न सुरु गर्न पनि औद्योगिक नीति अत्यावश्यक छ।

(२)Mdern agricultural policy : यो क्षेत्रमा कृषिका लागि समेत प्रख्यात भएकाले विशेषगरि तरकारी फलफुल लगाएत पहाडी जडिबुटीको उत्पादनको केन्दबिन्दुको रुपमा बिकास गर्ने त्यसको लागि आधुनिक प्रबिधिको भरपुर उपयोग गर्न,यो क्षेत्रमा फरकफरक कृषि उत्पादन पशुपालन हुने भएकाले विशेष आर्थिक क्षेत्रको घोषणा गरि आर्थिक विविधीकरण एवम् बिशिष्टीकरण गर्न पनि यो नीति Modern agricultural policy ल्याउनुपर्छ।यो क्षेत्र धार्मिक आध्यात्मिक एवम् पर्यटकिय रुपमा पनि सम्पन्नसाली भएकाले सोही बमोजिमका भौतिक संरचना निर्माण गर्ने।यो क्षेत्र जनसंख्याको हिसाबले भौगोलिक उत्पादनका हिसाबले औसत प्रदेश भएकाले पनि यस प्रदेशको बिकास योजना पनि सोही बमोजिम निर्माण गर्न जरुरी छ।

(ग) तराई प्रदेश:

बृहत कृषि निति:यो प्रदेशलाई अन्नको भण्डार पनि भनिन्छ। सरकारले यो क्षेत्रको आर्थिक बिकासको लागि यस्तो आर्थिक नीति ल्याउनुपर्छ जसले समग्र तराइ क्षेत्रको बिकास गरोस्। खाद्यान्नबाली,दलहन र तेलहनको तिब्र कृषि औद्योगिकरण मार्फत आयात प्रतिस्थापन र निर्यात प्रवद्धन गर्न बृहत् कृषि नीति ल्याउन जरुरी छ।साथै धार्मिक एवम् संस्कृतिक रुपले पनि सम्पन्न भएकाले सोहो बमोजिमका पुर्वधारको बिकास गर्ने।माथी उल्लेखित उदेश्य पूरा गर्नका लागि के गर्ने त?

(१)प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख :

देश अब धेरैबेर पुरानो सांसदीय अंकगणितबाट चल्न सक्दैन।जनता स्वयंनले अब कार्यकारी चुन्न पाउने प्रणालिको स्थापना गर्नुपर्छ त्यो पनि विशेष अधिकार सहितको।

(२) नयाँ बिचार निर्माण:

१८औं सताब्दीमा बिकास भएको मार्क्स,लेलिन एवम् माओको बिचारलाई जस्ताको तस्तै प्रयोग गर्न खोज्ने कम्युनिष्ट भित्र जुन पुरातनवादी चिन्तन छ वा भनौं पुस्तक पुजाको जडशुत्रवादी चिन्तन प्रणाली उल्ट्याइ नेपालको भौगोलिक धरातल सुहाउँदो बिचारको निर्माण गर्नु पहिलो एवम् आधारभुत कार्यभार हाम्रासामु उपस्थित छ। राष्ट्रियता,जनतन्त्र,जनजिविका र पर्यावरण सन्तुलन जस्ता राजनैतिक-बैचारिक आधारहरु हुनुपर्छ यी आधारहरुको नेतृत्व गर्ने बलियो जनताप्रति प्रतिबद्ध बामपंथी राजनैतिक दल आजको प्रमुख आवश्यकता हो।जसले Leftist movement लाई जेनुन ढंगले नेतृत्व एवम् बिकास गरे लैजान सकोस्।

(३)शान्ति क्षेत्र घोषणा:

भारत र चीन दुबै देश आर्थिक रुपले महाशक्ति हुन। दुबैसङ्गको सन्तुलित भुअर्थ नीति हाम्रो पहिलो कार्यभार हुनुपर्छ।नेपाल पञ्चशिलको सिद्धान्त,असंलग्न परराष्ट्र नीति र संयुक्त राष्ट्र संघ प्रती प्रतिबद्ध छ र सधै हुनेछ हाम्रो पबित्र भुमी कसैको अस्तित्व माथी खेलवाड गर्न प्रयोग हुने छैन भनेर दुबै छिमेकीलाई बिश्वासमा ल्याइ शान्ती क्षेत्रको प्रस्ताव पारित गर्नैपर्छ त्यसको लागि बलियो राष्ट्रिय एकता कायन गर्नैपर्छ

(४)सिमामा घेराबार:

छिमेकी सङ्गको सिमाबिबादका मुद्दाहरूको यथासम्भव समाधान गर्नका लागि बिशेष गरि भारतलाइ मनाउने र यसको दिगो समाधानका लागि घेराबार गरि सिमाविवादको अन्त्य र अर्थतन्त्रको चुहावट रोक्नैपर्छ।हाम्रो देशको अर्थतन्त्रले ठूलो स्केलमा उत्पादन गर्ने र भारी मात्रामा अनुदानले पोषित भारतिय उत्पादनसङ्ग प्रतिस्पर्धा गर्न सक्दैन त्यसकारणले भन्सार मा कोटा प्रणाली लागू गर्ने,पुजि र प्रबिधिका बस्तु बाहेक अन्य बस्तु तथा सेवहरुमा पुर्णतः बन्द गर्ने नीति लिनुपर्छ।कमसेकम हामिले उत्पादन गर्न सक्ने बस्तु तथा सेवाहरु आयातमा प्रतिबन्ध लगाउनैपर्छ।

(५)बलियो अनुसन्धान आयोगको गठन:

भ्रष्टाचार लगाएतका मुद्दामा कार्यकारी माथी समेत छानबिन गर्न सक्ने न्यायलय भित्रपनी छानबिन गर्न सक्ने आयोगको निर्माण गर्नुपर्छ।

(६)स्माट प्रशासन:

प्रशासन देशको मस्तिष्क हो जो सदा स्माट फ्रेस जनताप्रति नतमस्तक प्रशंसक हुनुपर्छ नकि शासक।अहिलेको कर्मकाण्डी प्रशासन सुधार गरेर २१औं सताब्दी अनुकुलको योग्य र जनताको सारथि प्रशासन बनाउनैपर्छ।

(७)जलवायु परिवर्तन राष्ट्रिय मुद्दा:जलवायु परिवर्तन र त्यसले ल्याएका परिवर्तनको असर अहिले हामीले भोगिरहेका छौं।हाम्रा सेता हिमालहरु काला पहाडमा परिवर्तन हुँदैछन,हाम्रा कयौं जैविक निधिहरु लोप हुदैछ्न,हाम्रा खेतबारीमा अन्न उत्पाद्न हुन छोडेको छ,अनावृष्टी अतिवृष्टी र अल्पवृष्टीको समस्या भोगिरहेका छौं यो सबैको मुल कारण जलवायु परिवर्तन हो यो मुद्दा देशले अन्तर्राष्ट्रिय फोरमहरुमा सशक्त रुपमा उठाउनै पर्छ!
(८)स्वच्छ न्यायलय:न्यायलयमा हुने राजनैतिक नियुक्ति अब खुल्ला प्रतिस्पर्धा मार्फत गरि स्वच्छ न्यायलयको निर्माण निर्माण गर्नैपर्छ।

(९)राजनीतिक नियुक्तिको अन्त्य:

जताततै हुने राजनैतिक नियुक्तिले देश कार्यकर्ताको भर्ती केन्द्र जस्तो भएको छ। न योग्यता न योगदान केवल दलको कार्यकर्ता भए पुग्ने प्रणालीको अन्त्य गर्नैपर्छ।

(१०)बिपश्यना योग:

प्रत्येक नेता,उच्चतहका कर्मचारी,अदालतका न्यायाधीश देखि शिक्षकसम्म त्यतिमात्र नभइ जेलमा कैद भुक्तान गरिरहेका कैदी समेतलाई बिपश्यना को १० दिने कार्यक्रममा सहभागी गराउनै पर्छ। तबमात्र मुलुकले काँचुली फेर्ने छ समृद्धिका मुनाहरु हाल्नेछ ती मुनाहरु सुख फलाउने बीउ हुनेछन् ।

-लेखक खड्का सुर्खेत बहुमुखी क्याम्पस बिएड दोस्रो बर्ष अध्ययनरत अर्थशास्त्र र राजनीतिशास्त्रका विद्यार्थी हुन।