काठमाडौंको बालबाटीका स्कुलमा किन लाग्यो कालो व्यानर ?

यस्तो रहेछ कारण

काठमाण्डौं । अखिल (क्रान्तिकारी) ले काठमाडौंको नेपालटार स्थित बालबाटीका स्कुलमा कालो व्यानर लगाएको छ । संगठनको ३ नम्बर प्रदेश समितीले उक्त विद्यालयको मुल गेटमा आज कालो व्यानर लगाएको हो ।

विद्यालयले दिनपर्ने १० प्रतिशत छात्रवृत्ति दुरुपयोग गरेको/नदिएको, माशिक शुल्क बरावर भर्ना शुल्क लिनपाइने काठमाडौं महानगरको सुचना विपरित विद्यार्थीवाट मनोमानी भर्ना शुल्क असुली गरेको, विद्यार्थीहरुबाट पाठ्यपुस्तक, पोसाक र इस्टेस्नरीको नाममा कमिसन खाने गरेको, नियम विपरित अन्तराष्ट्रिय विद्यालयको नाममा भ्रम छरेर विद्यार्थी र अभिभावमाथि ब्रमलुट गरिरहेको, विभिन्न वहानामा विद्यार्थीबाट मनोमानी शुल्क असुल्ने गरेको, शुल्क उठाउने नाममा विद्यार्थी तथा अभिभावकलाई मानसिक रुपमा यातना दिने गरेकोले कालो व्यानर लगाइएको संगठनले जनाएको छ ।

नेपालको संविधानको भाग-३, धारा ३१ विपरित शिक्षालाई निजिकरण, व्यापारीकरण तिर उद्धेलित गरेको र क्रान्तिकारी विद्यार्थी आन्दोलनका विरुद्ध विगतदेखी राज्यसयन्त्रको दुरुपयोग गरेर आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र गर्ने गरेको र संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध षड्यन्त्र गरेर संगठनका केन्द्रीय सदस्य हस्त विकलाई गिरफ्तारी गराएको क्रान्तिकारीको आरोप छ ।

अखिल (क्रान्तिकारी) ले विभिन्न विषयमा चरणवद्ध रुपमा संघर्षका कार्यक्रम हिजै सार्बजानिक गरिसकेको थियो ।