आखिर किन खाइन्छ क्वाँटी ?

यस्तो छ वास्तविक्ता

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।

के हो क्वाँटी ?

बाल्यकालदेखि नै जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन भएको तपाइँ हामीलाई थाहा नै छ।
त्यसो त परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।

क्वाँटिू शब्द नेपालभाषाको क्वातिू शब्दबाट बनेको हो, जस अनुसार ूक्वाू को अर्थ तातो र ूतिू को अर्थ सुप भएकोले ूक्वातिू वा ूक्वाँटिू को अर्थ तातो सुप भन्ने बुझिन्छ । मास, भटमास, ठूलो केराउ, मस्याङ, चना, सिमी,मुगि, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो ।यो नौ गेडगुडीको मिश्रणलाई टुसा उमारी पुर्णिमाका दिन खाँदा शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि यस्को विशेषता छ।

स्वास्थ्य रहनका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन,कार्बोहाइडे्रट लगायत् पदार्थ आवश्यक हुन्छ।
गेडागुडी शरीरमा प्रोटिन बनाउन उपयोग हुन्छ । त्यसको आपूर्तिका लागि शरीरमा बोडी तथा अन्य प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ ।
क्वाँटिको टुसा वा भ्रुणमा अत्यधिक प्रोटिन भएकोले यसको सेवन गर्नु हाम्रो स्वस्थको लागि धेरै नै फलदायी हुन्छ।

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।हाल कोरोनाले महामारीको रुप लिएको छ।प्रोटिनले शरीरमा रोग सङ लड्ने शक्ति प्रदान गर्दछ।

शरीरमा प्रोटिनको कमी भएमा इम्युन सिस्टम कमजोर हुने,हातखुट्टा सुन्निने,कपाल झर्ने,मांसपेशी कमजोर हुने,अनियमित महिनावारी जस्तो जटिल समस्या देखा पर्न जान्छ।

प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ्र  प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।

मार्क्सवादी दर्शनले आध्यात्मिक चेतनालाई गौण मान्दछ। धर्म अंगिकार गर्न नसकेपनी संसकारलाई परिमार्जित गर्दै लैजान पर्छ। जनैपूणिर्मालाई रक्षाबन्धनसंगै क्वाँटि प्रोटिन प्राप्त गर्ने माद्यामको रुपमा रुपान्तरण गर्न सके समाजलाई तात्विक रुपमा मार्क्सवादी चिन्तनको माद्यमबाट जागरण गराउन र संस्कारलाई बदलिदो परिवेशसंगै ढाल्न सकिन्छ।