मौलिक अधिकार सबै अपहरण गरिएको मुलुक

र अभिब्यक्ति स्वतन्त्रताकाे पक्षमा

अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । मानवीय जीवन र मर्यादामा केन्द्रीय महत्व राख्नुका साथै राजनीतिक प्रणालीमा सहभागी हुने अधिकारलगायत सबै मानव अधिकारको आधार भएको कारणले गर्दा अभिव्यक्ति स्वतन्त्रताको अधिकार आधारभूत अधिकारको रुपमा रहेको छ । विचार तथा बुझाईहरु विकास गर्न तथा तिनका बारेमा छलफल गर्दै सत्य कुरा पत्ता लगाउन, व्यक्तिको आत्मविकास तथा समाजको राजनैतिक जिवनमा प्रभावकारी रुपमा संलग्न हुनका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मुख्य भुमिका रहेको हुन्छ । अन्य मानवअधिकारको हननको अवस्थामा ति अधिकार संगसंगै अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन भैरहेको हुन्छ ।

अहिले सरकारले अनाबश्यक बखेडा जिकीरहेको देखिन्छ । भर्खरै जारी भएको संबिधानको मसी सूक्न नपाँउदै जनताको जिब्रोमा पिन र मुखमा ताला लगाउन खोजेको देखिन्छ । बाहिर अभिब्यक्ती स्वतन्त्रताको वकालत गर्ने भित्र निरंकुस शाषणको ब्रिजारोपण गर्ने नियतले गर्दा जनतालाई मानवअधिकार र अभिब्यक्ती स्वतन्त्राको कुरा नारा मात्र भएको भान हुन गएको छ । भखैरै देशका बिभिन्न ठाँउबाट बिभिन्न मिडियामा कार्यरत पत्रकार र घरमा बसीरहेका निर्दोष जनतालाई बिनाकारण बिना पुर्जी घरबाट गिरफतार गरी हिरासतमा राखेर चरम यातना दिइरहेको छ । लोकतन्त्रमा फरक राजनैतिक दलसंग आस्था राख्दैमा प्रशासनको निगरानी र चरम यातना खानु कति उचित र न्यायपुर्ण हो । कहाँको प्रजातान्त्रीक र लोकतान्त्रीक प्रणालीको अभ्यास हो ।

नागरिकको स्वतन्त्रताको हक, विचार र अभिव्यक्ति स्वतन्त्रता, निशस्त्र शान्तिपुर्ण भेला हुन पाउने अधिकार, राजनीतिक दल घोषण गर्न पाउने र आस्था राख्न पाउने कुरा उल्लेख हुँदाहुँदै पनि कुनै राजनीतिक दलमा आस्था राखेकै आधारमा बिना कारण बिना पुर्जी गिरफतार गरेर हिरासतमा यातना दिनु कति न्यायोचित हुन्छ ? कुनै राजनीतिक दलको शुभचिन्तक हुँदैमा गिरफ्तार भएर यातना पाउने संबिधान र कानुनको कुनधारामा उल्लेख छ ?

देशमा गणतन्त्र÷लोकतन्त्र जे भनिएपनि तत्कालका घटनाक्रमहरु हेर्ने हो भने राणाकालीन हुकुमीतन्त्र र निरंकुस अराजकतापूर्ण पञ्चायति व्यवस्था कायमै रहेको अनभूती आम जनताले गरीरहेका छन । आम नागरिकलाई संविधानले प्रदान गरेका मात्रै भए पनि अधिकारको पालना गर्न दिने कुरा त परै छ, एउटा शक्तिका रुपमा मानिने प्रेसमाथि समेत अनेक झुट्टा लाञ्छना लगाएर मन नपरेका वा आफ्नो आलोचना गर्नेहरुमाथि दमन गर्ने्तिर सरकार केन्द्रित भएको देखिन्छ । संविधानले ’नो भोट‘ को समेत परिकल्पना गरी नागरिकलाई त्यो अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारको यो कदम निकै पूर्वाग्रहीपूर्ण र दूराग्रही छ ।

एउटा अनपेक्षित र कठोर युद्धबाट गुज्रिएर यहाँ आइपुगेको मुलुकमा फेरी दन्द निम्त्याउने प्रयत्न गरीदैछ । सरकार फेरि पनि जवरजस्त भयानक युद्धतिर धकेल्न प्रयत्न गरिरहेको छ भन्न यसले प्रष्ट संकेत गरेको छ । जब मान्छेलाई स्वतन्त्रतापूर्वक बस्न दिइदैन, निर्दोष नागरिकलाई घरबाटै समातेर सार्वजनिक अपराधको मुद्दा लगाइन्छ र जहाँ देखियो त्यही समात्ने भनेर उर्दी जारी गरिन्छ, तब त्यसले त्यही प्रकारको प्रतिरक्षा वा प्रतिक्रिया पैदा गर्दछ । जसका कारण सामाजिक द्वन्द्व सिर्जना हुने निश्चित छ । नेपालको राजनीतिक इतिहास यो तितो वास्तविकताका बीच सबै गुज्रिदै आएको थाहा हुँदा हुँदै पनि वर्तमान सरकारले यसलाई पूरै नजरअन्दाज गरी जवरजस्त दमनपूर्ण रवैया अख्तियार गरेर युद्ध थोपर्दै गरेको प्रष्ट हुन्छ ।

अभिब्यक्ती स्वतन्त्रताको पक्षमा

एकपटक फ्रान्सका महत्वकाँक्षी शासक नेपोलीएन बोनापार्टले आपनो साम्राज्य बिस्तारकै क्रममा भनेका थिए । म चारहजार दुश्मन सैनिक भन्दा चार ओटा मेरा बिरोधी अखबार संग डराँउछु । कुरो प्रस्टै छ । उनले पत्रकारीताको महत्वको बिषयमा कसरी अभिब्यक्ती गरेका छन । बास्तबमा पत्रकारीताको मर्म बुझेरै उनले यो कुरा गरेका हुन ।

पत्रकारिताले जनतालाई सुचितमात्रै गदैन । शिक्षित र जागरुक पनि बनाँउउछ । बिश्वमा भएको नयाँ प्रबिधिको बारेमा बताएर जनताको ज्ञानको भण्डारण गर्न सहयोग गर्छ । बभिन्न राजनैतिक बिचारलाई जनतासामु पुय्राएर जनताको मष्तीक लाई विद्रोही बनाँई दिन्छ । जनताका समास्याहरुलाई सरकार र सरकारका महत्वपुर्ण निर्णयहरुलाई जनता समक्ष पुय्राउने उपयुक्त माध्यम पनि हो पत्रकारीता अझ जनपत्रकारीता त झन हरेक जनमनको स्पर्शहरुसंग नंङ्ग र मासु जस्तै गाँसीएको हुन्छ । जनतालाई सु सुचित गर्ने र दलाल र शासकहरुका कुर्कम र करतुतहरुको भण्डाफोर गर्ने क्रान्तिका आधारहरुलाई उठान गर्ने र ईतिहाँसका खेस्राहरु तयार गर्ने काम बिशेषत क्रान्तिकारी पत्रकारहरुले गर्नुपर्छ ।

हुनत दलाल तथा प्रतिक्रियावादी हरुले कुनै पनि युद्ध र क्रान्तिको प्रचार प्रसारलाई निषेध गरेको पाईन्छ । र त्यससंग बुर्जुवा पत्रकारहरु लिफत भएको पाईन्छ । जसरी पुजीँको भरमा बिश्वभरी साम्रज्यबादी युद्धका सर्मथक मिडियाहरुले अन्यायपुर्ण युद्धलाई न्यायपुर्ण र न्यायपुर्ण युद्धलाई अन्यायपुर्ण भनेर भ्रामक प्रचार प्रसार गरीरहेका देखिन्छन उनिहरु कुनै कुनै रुपमा बाहय शक्तीबाट परिचालति हुन्छन । पैसा र ब्यवसायमा लिप्त पत्रकारले स्वतन्त्रको जति कुरा गरेपनि उनिहरु कुनै न कुनै रुपमा मालिकको चंगुलबाट बाँधीरहेको देखिन्छ । मालिकहरुले पत्रकारलाई प्रयोग गरेर आफनो स्वार्थ पुर्ती गरीरहेको बुझीन्छ ।अझत नेपालमा मिडिया मालिकहरुले कर्मशिल पत्रकारहरुलाई दासको रुपमा हेरीरहेको र प्रयोग गरीरहेको देखिन्छ ।

त्यसको घोर र्भत्सना क्रान्तिकारी पत्रकार र जनपक्षियमिडीयाहरुले गर्नु पर्ने देखिन्छ । बिश्व साम्राज्यबाद मौलाएको यो युगमा बुर्जुवाहरु संग अत्याधुनिक संचार उपकरण र प्रबिधी हुनु स्वभाबिक छ । उच्च प्रबिधिबाट आएको साम्राज्यबादसंग उच्च प्रबिधिबाटै लडनु पर्ने आबश्यक्ता देखिन्छ । निम्न प्रबिधिबाट क्रान्ति गरीरहेका क्रान्तिकारीहरुले निम्ना प्रबिधिकै साहाराले पत्रकारीता गर्ने कुरा त छदैँछ । संगसंगै सापेक्षित रुपमा उच्च प्रबिधिहरुको अबलम्बन गर्न सक्षम हुनुपर्दछ । र जनपत्रकारतिाका नयाँ नयाँ आयमहरु बिकास गरेर लैजानु पर्छ ।

भारतीय स्वतन्त्र आन्दोलनका पिता मानिने माहत्म गान्धीले एकपटक भनेका थिए । अगर मै अखबार उठाँलु त तुमारा साम्राज्य हिन्दुस्तान से डग्मगाएगी सारा हिन्दुस्तानी युरोप अफ्रिका से भारत लौट आयगें और स्वतन्त्रता संग्राममा सामेल होगें । उनले भन्न खोजेको मर्म प्रस्टै छ । नेपालमा पनि बिगतदेखि बर्तमान सम्माका हरेक आन्दोलन उठाउन पत्रकारीता जगतको महत्वपुर्ण भुमिका रहेको थियो हरेक युगमा युग पत्रकारीताले बिश्वमा सघाएको देखिन्छ ।

हरेक पत्रकारको काम सामाचार लेख्ने मात्रै होईना सामाजलाई उचित दिशा निर्देश गर्नु हो । प्रत्यक्ष सामाजिक सरोकारको बिषयलाई समृद्ध तुल्याउनु हो । पत्रकारीता प्रत्यक्ष मुक्तीको सरोकारको बिषय हो । रुसी अक्टुबर क्रान्तिका प्रत्यक्ष दर्शी मात्र होईन एक सक्रिय सहभागी तथा ईन्टरनेश्नलका प्रतिनिधि थिए । जोन रिड , उनले भनेका थिए ,मैले लेख्नाका लागी घटनालाई प्रत्यक्ष देखेको र अनुभब गरेको हुनु पर्छ जुन बिश्वसनिय प्रमाणद्धारा पुष्टी गर्न सकुँ ?

लक्ष्य र लक्ष्यप्रतिको निष्ठाको प्रचार सिद्धान्त र सिद्धान्त प्रतिको निष्ठाको प्रचार दुश्मण र उसका तमाम अत्याचारहरुको प्रचार आखिर सम्रग प्रचार मनोबोलको निमार्णसंग कति अभिन्न रुपले गाँसीएको हुन्छ । यो अति संबेदनशिल अनि महत्वपुर्ण र अति बिस्तृत क्षेत्र हो । यो नगरेर पनि नहुने र जति गरेरपनि कमै हुने क्षेत्र हो । जनताको अभिब्यक्तीको स्वतन्त्रतालाई संरक्षण गरीने क्षेत्र हो । राष्ट्रीयता,जनतन्त्र र जनजिबिकाको प्रश्नलाई बलियो बनाएर लैजाने र समुन्नत राष्ट्र निमार्णको दिशातिर डोर्याउने क्षेत्र हो । बिशृष गरी भारी हिसाबले जनता प्रति उतरादायी हुने क्षेत्र हो ।

बास्तबिक पत्रकारीतालाई कर्पोरेट स्वार्थ लगानीको दबदबा र बलिया पुजिपतिहरको रक्षाकबजको खोल ओडेने प्रबृतीबाट मुक्त गरेर जनताको परीर्बतनको बास्तबिक सैद्धान्तीक मर्मनुसार सर्बहारा उत्पीडीत जनताको जनजिबिकाको सवाललाई जनताका पिडालाई राष्ट्रीय बहसमा ल्याएर न्याय दिन सक्नु पर्छ । जनपत्रकारीताले सबैखाले भेदभाब थिचोमिचो अन्याय र अत्याचार उत्पीडनको बिभेदहरुको बिरुद्ध बिद्रोहको मशाल बाल्न प्ररेरीत गर्नुपर्दछ । आफुमाथी हुने अन्यायका बिरुद्धमा दिल खोलेर बोल्न पाउने अभिब्यक्ती स्वतन्त्रता र आफना बिचार प्रबाहा गर्नु पाउने कुरालाई जोडतोडले उठान गर्नु पर्दछ । अबको युग सुचना सन्चारको युग हो । जस्ले सुचना संचारका समकालीन प्राप्तीहरुलाई प्रयोग गर्न सक्यो उसैको जित हसने देखिन्छ । अहिले बिश्व दुई धुर्वमा बाँडीएको देखिन्छ ,एकातिरको धुर्बको नेतृत्व चिन र अर्को धुर्बको नेतृत्व अमेरीकाले गरेको देखिन्छ । चिन बिश्वको महाशक्तीको रुपमा उदाएको छ भने अमेरीका सुचना तथा प्रबिधीमा अगाडी बडेको देखिन्छ । अमेरीकाले पुजिँ भन्दा प्रबिधिलाई बिश्वास गरेको देखिन्छ । अब चिनलाई पनि प्रबिधीमा बिकास गरेर जाने कुराको चुनौती थपीएको देखीन्छ ।

अभिव्यक्ति स्वतन्त्रता अधिकारको बिषयमा कुरा गर्दा यूरोपेली विद्वान इरास्मसको संझना गर्नु सान्दर्भीक हुन्छ । सन् १२१५ नै ईंगल्याण्डमा म्याग्नाकार्टामा राजाले हस्ताक्षर गरी अभिव्यक्ति स्वतन्त्रताको अधिकार स्थापना भईसकेको भए पनि विद्वान इरास्मसले सन् १५१६ मा एक जना राजकुमारलाई अध्ययन गरांउदा भनेका थिए, ‘स्वतन्त्र राज्यमा जिब्रो पनि स्वतन्त्र हुन्छ’ ।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्धमा उल्लेख गरिएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रताको अधिकारको क्षेत्र व्यापक र बृहत् छ । संक्षेपमा भन्नुपर्दा कुनै पनि एक व्यक्तिले अर्को व्यक्तिसंग सञ्चार गर्दाको कुनै पनि अवस्थामा यो स्वतन्त्रता लागू हुन्छ ।

रुसमा सामाजबादी क्रान्ती सम्पन्न गर्न हजारौँ ले रगतको खोलो बगाउनु परो तर श्रसी महासंघ ढाल्न अमेरीकाले एकथोपा रगत पनि बगाउनु परेना । संचार माध्यामहरुको कुटनीतीक प्रयोगबाटै रुसी सत्ता ढाल्न अमेरकिा सफल भयो । अमेरीकाले संसार भर आफनो साम्रज्य यही सुचना र पैबिधिबाटै आफनो साम्राज्य कायम राखेको छ । आफना संचार माध्यामहरुको अधिकतम प्रयोग गरेरनै संसारमा आफनो संचार साम्राज्य कायम राखेको छ । रुसमा संसोधनबादी माभ्यमबबाट साम्राज्यबादी संचार माध्यमहरु सजिलै घुस्न सफल भएका थिए । सोभियत सतालाई ढाल्न संसोधनबादी हरुलाई नै उपयोग गरेका थिए । नेपालको सन्दर्भमा पनि दश बर्षे जनयुद्ध पछिका घटना परस्घटना लाई हेर्दा माओबादी हरुले संचार माध्यामालाई त्यती प्रथामिकता नदीइको कारणले यो स्थीती भोग्नु परेको तथ्य जगजाहेर छ । अब हुने जुनसुकै जनक्रान्तिीले पनि सुचना र प्रबिधीको अधिकतम प्रयोग गरेर मिडीया वार गरेर जानु पर्ने देखिन्छ ।