मास्क लगाएर बसेको नेकपा सचिवालय बैठकमा कुनै निर्णय भएन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ। तर, बैठकले कुनै राजनीति निर्णय भने गरेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु मास्क लगाएर बसेका थिए भने सोसल डिस्ट्यान्स (दूरी) को नियममा बसे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सफल प्रतयारोपणको लागि सम्मानीय प्रधानमन्त्रीलाई बधाई, चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिएको छ ।

यसैगरी कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको निर्णयअनुरूपका निर्णयहरूप्रति बैठकले प्रशंसा गरेको छ ।