खवास उत्कृष्ट फरवार्ड भन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ

काठमाडौं, आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका अनन्त तामाङ, उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल चुनिए । उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही १ लाख ५० हजार प्राप्त गरे ।

यस्तै लिगका युवा खेलाडी बन्दै एनआरटीका दर्शन गुरुङले मणिविक्रम शाह स्मृति युवा खेलाडी अवार्ड पाए । उनले १ लाख प्राप्त गरे ।