कम्युनिस्ट सत्ता र पार्टी नेतृत्वलाई यक्ष प्रश्न ?

संसारमा कम्युनिष्ट दर्शन स्थापना भएको झन्डै दुइ शताब्दी हुदैछ । माक्र्स,लेनिन र माओसम्म आउदा थुप्रै क्रान्ति र प्रतिक्रान्ति आरोह अवरोह हुदै कम्युनिष्ट आन्दोलनहरु अगाडी बढीरहेका छन । माक्र्सवादको आत्मा र आधारभुत सिद्धान्त भनेको बर्गसंघर्ष,बल प्रयोगको सिद्धान्त, निरन्तर क्रान्ति र सर्बहाराबर्गको अधिनायकत्व लाई मानिन्छ ।

तर बर्गसंघर्ष र बल प्रयोगको सिद्धान्तलाई प्रयोग गर्ने सवालमा कम्युनिष्टहरु बिच एकरुपता भएपनि सर्बहारा बर्गको अधीनायकत्वमा भने हाल सम्मको परीणामले असफल सिद्ध भैरहेकोे देखाउछ ।

यसलाई ठिक ढंगले प्रयोग गर्न नसक्दा कम्युनिष्टहरुले तानाशाहा र सर्बसत्तावादी जस्ता शब्दको प्रहार खेपी रहनु परेको छ । बिश्वमा हजारौं र लाखौं बलीदानवाट स्थिापीत कम्युनिष्ट सत्ताहरु किन सामान्य स्थितीवाटै गल्र्याम गुर्लुम्म ढल्न पुगे चाहे माक्र्सकालीन पेरीस कम्युनियन होस वा लेनिनकालीन सोभीयत सत्ता वा माओकालीन चिनीया सत्ता हुन । सत्ता प्राप्त गर्दा लाखौं करोडौं जनताको बलीदान हुने तर सामान्य प्रतिरोध बिनानै प्रतिक्रान्ति हुने संस्कारको बिकास हुदै आएको छ ।

पेरीस कम्युयन जनताको ठुलो त्याग तपस्या र बलीदानवाट स्थापीत सत्ता अधिनायकत्वको प्रश्नलाई ठिक ढंगले संबोधन गर्न सकेन । मजदुर किसानहरुको गठबन्धनमा बनेको सर्बहारावादी सरकारमा अधिनायकत्वको प्रश्नलाई यान्त्रिक ढंगले हल गर्न खोज्दा पुजिपती बर्गले ठुलो बर्बरता पश्चात कम्युनिष्टहरुलाई इतिहासको पानामा सिमीत गरीदियो । त्यस्तै दुर्दशा एशीयन कम्यूनिष्ट मुलुकहरु कम्बोडीया,इन्डोनेसीया, फीलीपीन्स, कोरीया भीयतनाम,टर्कीले बेहोर्नु पर¥यो ।

बाल्टीक गणराज्यहरु इष्टोनीया, लाथ््बीया, लीथुवीनीया का साथै युरोपीयन मुलुकहरु युगोष्लाबीया, बुल्गेरीया, जर्मनी, फ्रान्स, पोल्याण्ड, स्पेन लगाएतका देशहरु मात्र नभई अफ्रीकन मुलुकहरु इथोपीया, सोमालीया, कंगो, मोजाम्बीक जस्ता देशहरु र अमेरीकन मुलुकहरु निकारागुवा,एलसाल्भाडोर, पेरु लगाएतका थुप्रै मुलुकहरुले यही हबीगत बेहोर्नु पर¥यो ।

रुसमा अझ बिचीत्रको कुरात के भयो भने लेनिनको नेतृत्वमा ठुलो त्याग र बलीदानवाट स्थिापीत भएको सत्ता केही बर्षमै आलोचनाको सीकार हुन पुग्यो एद्यपी सर्बहारा अधिनायकत्वलाइ लागु गर्ने सवालमानै स्टालिनले आङ्खनै पार्टी भित्र सयौं जना केन्द्रिय सदस्यहरुको हत्या लगायत ठुलो दमनकोे श्रृंखला रच्न पुगे तर त्यसले समेत प्रतिक्रान्तिलाई छेकवार गर्न सकेन ।

अन्ततः स्टालीनको शेष पछी अधीनायकत्व लागु गर्ने श्रंखला ख्रुश्चेवको एकै झड्काले पानिको फोका साबित गरीदियो र झण्डै शताब्दी चलेको कम्युनिष्ट सत्ता इतिहासको पानामा सिमीत हुन पुग्यो । चाइना समेत यो बिरासतवाट मुक्त हुन सकेन ।

करौडौंको बलीदानवाट स्थिापीत भएको जनवादी सत्तालाई माओले झण्डै दुई दशक सम्म अधीनायकत्व लागु गर्ने प्रयत्न गरे तर अन्तत तेङ्साओपेङ बर्लिन पर्खाल बनेर उभिन पुगे । झण्डै २० बर्षको माओको निरन्तर प्रयत्नलाई उनले चकनाचुर मात्र पारेनन जनतालाई तुलनात्मकरुपले तेङ्ले नैं अगाडी सारेको फोर मोर्डनाइजेशनको बिकल्प रोज्न बाद्य समेत बनायो ।

र त्यही तेङशाओपेङ् पथमा अगाडी बढीरहेको चाइना अहीले सी पथ सम्म बिकसीत मार्गमा अगाडी बढीरहेको छ । नेपाली कम्यूनिष्टहरुले जति सुकै गर्भ लाएक कुरा भने पनि आफू सुहाउदो समाजबादको ब्याख्या गर्दै असली माक्र्सवाद र सर्बहारा बर्गको अधिनायकत्व बिपरीत चाइना समेत धेरै अगाडी बढी सकेको तितो यथार्थता हो । त्यसैले गैर कम्यूनिष्ट वा कम्युनिष्ट बिरोधी शक्तिहरुले कम्युनिष्ट ब्यबस्था असली रुपमा स्थापीत हुनै नसक्ने निष्कर्स निकालीरहेका छन ।

तर कम्युनिष्टहरुले उनिहरुले लगाएको आरोपको प्रतिरोध मात्र नगरेर यस्तो किन भैरहेको छ गहीरो अध्ययन सहीत निष्कर्ष निकाल्न जरुरी छ । अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनका सन्दर्भमा यो प्रश्न बिश्व कम्यूनिष्ट आन्दोलनका अगुवाहरु का साथै नेपालमा पुष्पलाल, ओली, प्रचण्ड र बिप्लव सम्मले दिनै पर्ने तर दिन नसकेको अनुत्तरीत प्रश्न हो । यसरी ठुला ठुला क्रान्तिका भेल पछी प्राप्त सत्ता किन पानिको फोका सरह बिलाउछन केही आयामहरुलाई हेरौं ।

पहीलो अध्ययनको बिषय नेपालका कम्युनिष्टहरु सरकारमा आइसकेपछी जीबन ब्यबहार र कार्यशैलीगत रुपले क्रान्तिकारी नेताहरु स्टालीन, लेनिन,हाचिमीन्ह,फीडेल क्यास्टो, चे, कीम्इलसुड।, हीगो चाबेज, पुष्पलाल एबं प्रजातान्त्रिक अग्रजहरु भ्लाद्मीर पुटीन ,बिपी महात्मा गान्धि,अब्राहम लिंकन र नेल्सन मण्डेला जस्तो भएको देख्न चाहेका थिए । नेपाली जनताले तर त्यसको बिपरीत जब कम्यूनिष्टहरु सत्तामा जान्छन सर्बहारा सांस्कृतीक क्रान्ति सहीतको सर्बहारा बर्गको अधीनायकत्व लागु गर्नेत कता हो कता भद्धा खालको जीबन ब्यबहार र सत्ता संचालनको फेरोमा कसीन पुग्छन ।

रसियाको सत्ता पलटले पनि केही जिबन्त पाठहरु हामीलाई सिकाएको छ । जस्तै सत्ता पलट हुनुमा पहीलो कमजोरी थियो कम्यूनिष्ट पार्टीले राज्यसत्तात हातमा लियो तर प्रकारान्तलरले त्यसले ब्यूरोके्रसीलाई निकै बलीयो बनायो भने अर्कोतिर उनिहरुलाई नया ब्यबस्था अनुसार प्रशीक्षित गर्ने तिर ध्यान दिइएन । एक हदसम्म पार्टीलाइ समेत बलीयो बनायो तर जनतालाई शक्तिशाली बनाइएन । अनि जनताको आक्रोस भित्र भित्रै मडारीन थाल्यो । यो नैं समाजवाद ढल्नुको पहीलो कारण थियो ।

दोश्रो कमजोरी त्यहाका कम्यूनिष्टहरुले ठुलो राजनैतिक क्रान्ति मार्फत क्रान्ति संपन्न गर्नत सफलत भए तर आफुलाई बदल्न सांकृतिक क्रान्तिलाई जोड दिएनन सिद्धान्तत जतिसुकै क्रान्तिकारी अभियान संचालन गरीए पनी ब्यबहारत भ्रष्ट र लुटको श्रृंखला रोकीएन ।

तेश्रो गल्ति भनेको स्टालीनको पालामा नेतृत्व अली बढी एकाङ्की र तानाशाहा जस्तो देखा पर¥यो । त्यो बेला पार्टीको सम्पुर्ण शक्ति एउटा सानो ग्याङमा परीणत हुन पुग्यो र सर्बहारा अधिनायकत्वको अधीयार छानी छानी पार्टी भित्रका कमरेडहरुकै बिरुद्धमा गलत ढंगले दुरुप्रयोग भयो ।

किन जनताले कम्युनिष्ट सरकार वा सत्ता ल्याउदा हजारौं र लाखौं बलीदानीवाट स्थापना हुने तर शक्तिमा पुगेको केही समय पछी नैं जनताको बिरोधको स्वरहरु बुलन्द हुने, सरकारनैं ढल्ने वा सदाको लागी सत्तावाट बीदा हुने स्थिती सृजना हुन्छ यसवारे यहा थप केही घोत्लीनु उपयुक्त होला ।

नेपालको सन्दर्भमा सिद्धान्त र दर्शनसंग जोडीएको सर्बहारा बर्गको अधीनायकत्वको कुरात छोडीदिउ सामान्य संगठनात्मक पद्धति अबलम्बन नगर्दा यसो भैरहेको छ । चाइनीज कम्यूनिष्ट पार्टीवाट केही अनुभव हामी प्राप्त गर्न सक्छौं । चाइनिज कम्युनिष्ट पार्टीमा जम्मा ९ जनाको स्थाइ समिती , २५ जना पोलीटब्युरो र ३७६ जनाको केन्द्रिय समिती छ जसले झण्डै डेड अर्ब जनताको नेतृन्व गर्दछ ।

यस बाहेक पार्टी केन्द्रिय सैंन्य आयोग, केन्द्रिय समिती अनुशाशन निरीक्षण, साना साना समुह अन्र्तगतका नेतृत्वदायी समुहहरु जसको नेतृत्व सीधै राष्ट्रपति सी ले गर्दछन । प्रत्यक बर्ष हुने बार्र्षीक अधीबेशनवाट पार्टीले नितीमा परीवर्तन ल्याउछ र पांच पांच बर्षको महाधीबेशन मार्फत नेतृव्व परीबर्तन गर्दछ ।

आज पनि चाइनामा ३१ प्रान्त, बाहेक ताइवान, मकाओ र हङ्कङ, एसओइ जस्ता अन्य संस्थाहरुमा चाइनाले आफ्नो पार्टी स्कुल मार्फत सत्ता र संगठनलाई शुदृढ गरेको छ । यहा सम्मकि सत्ताको तल्लो तह देखी केन्द्र तह सम्म नेतृत्व छनौट र सरकारले गर्ने हरेक निर्णयलाई पहीला मातहतको कमिटीमा लगेर निर्णय गरीन्छ ।

यसो हुदा पहीलो कुरा त सरकारले गर्ने हरेक काम जनतावाट अनुमोदित भएर आउछ दोश्रो कुरा सरकार यान्त्रिक ढंगले चल्ने परीपाटीमा लगाम लाग्छ । यही कुराको छनक केही समय पहीला राष्ट्रपति सि ले आफ्नो नेपाल भ्रमणमा संबोधनको क्रममा राखेका समेत थिए कि राजनैतिक र आर्थिक अनुशाशन बिना संपत्ति मोहमा लागे सम्म कम्यूनिष्ट बन्न सकिदैन ।

तर यो सन्दर्भलाई नेपालसंग तुलना गर्ने हो भने सत्ता र पार्टी संचालनको परीपार्टी साह्रै टीठ लाग्दो स्थिती छ । सबै पार्टी सदस्य नेता बन्नु पर्ने, नेतृत्वले जे गर्छ त्यसलाई त्वं सरणम गर्नइ पर्ने तर योग्यता र क्षमताको कसी साबित गर्नु नपर्ने चरं सामन्तवादी पबृति बीद्यमान छ ।

अर्को जानीमानी आएको मोडेल भनेको बेलायती मोडेल हो जस्लाई हामीले संसदको जननी भनेर पनि चिन्ने गर्छों । बेलायतका पुर्ब प्रधान मन्त्रि देखी मन्त्रि र हाल टेरेसा मे को राजीनामा प्रकरणले संसदीय नैतिकताको धरातललाई राम्रै संग पुष्टी गर्दछ । केही हप्ता अघी मात्र मेक्सीकन बाताबरण तथा प्राकृतिक श्रोत मन्त्रि जोसेफा गोन्जालेज ब्लान्कोले प्लेन ४० मी ढीलाई गराए वापत पदवाट राजीनामा दिइन । भारतमा सन १९५६ र १९९९ मा क्रमश ः लाल ब शास्त्री र नितीश कुमारले रेल दुर्घटना पछी नैतिकताको आधारमा पदवाट राजीनामा दिए ।

भनिन्छ कम्युनिष्टहरु बिग्रीए भने आफ्नो पाप कटनी गर्न सबै भन्दा बढी ढोंगी धर्म गुरुमा बद्लीन्छन । नेपालका नेल्शन मण्डेलाका रुपमा कुनै बेला चर्चा पाएका मोहचन्द्र अधीकारी आस्तीक भएको खबर सार्बजनिक भएपछी तत्कालीन समयमा कार्यकर्ताहरु र उनका शुभचिन्तक निकै क्रुद भएका थिए ।

चुनाबी दौडान जापानका अर्थ ब्यापार तथा उद्योग मन्त्रि इशु सुगवाराले शोक शन्तप्त परीवारहरुलाई २०० डलर रकम प्रस्ताब गरेको र भड्कीलो समाग्री प्रदर्शन गरे वापत सामान्य कुरामा चुनाबी नियम, परंपरा र अनुशाशनलाइ जोडेर पदवाट राजीनामा दिएका छन । भारतमा कांग्रेस आइले गत चुनाउमा पराजित हुना बित्तिकै राहुल गान्धिले पार्टी अधक्ष्य वाट राजीनामा दिए । लेबननका प्रधानमन्त्रि साद हरीरीले जनताले गरेको सामान्य बिरोध प्रदर्शन पछी राजीनामा दिए । नजिकै भारत र बिश्वमा संसदीय नैतिकताका थुप्रै उदाहरणहरु छन ।

तर हामी कम्युनिष्टका नाममा जति सत्ताको अभ्यास गरीरहेका छौं हाम्रो नाम कम्युनिष्ट भएता पनि काम गर्ने पद्धतिमा न कम्युनिष्ट चरीत्र नत लोकतान्त्रिक चरीत्र हुन गइ सत्ता सन्चालनमा हांसको चाल न बकुल्लाको चाल मात्र भएको छैनकि नेतृत्व पंक्ति जति सुकै जनबिरोधी वा नैतिक प्रश्न खडा भए भए पनि शक्तिवाट ओर्लने कुराको कल्पना सम्म गर्न तयार हुदैन ।

अर्को कुरा जब उ कुनै पनि हत्कण्डा प्रयोग गरेर नेतृत्व हत्याउन पुग्छ उ भित्र यति धेरै स्वइच्छाचारी र दम्भ बढ्छ कि न कसैको कुरा सुन्न तयार हुन्छ नत अधीकार र सेवा सुबिधा अरु कसैलाई सुम्पन तयार हुन्छ । मानौं कि नेतृत्वमा पुग्ने भनेको कुनै बिशीष्ट वा अलौकिक क्षमताले मन्त्रि वा सैबैधानिक अंग प्राप्त गरेको हो । अन्तत उसले जनता, सहयोद्धा र आफ्नै नेतृत्व चिन्न छोड्ने मात्र होइन सत्ता र पार्टी भित्रै आफ्नो नजरमा बिरोधीहरुलाई तह लगाउन सत्ता र शक्तिको दुरुपयोग सम्म गर्न पुग्छ ।

अर्को प्रसंग हालका आधुनीक नेपाली कम्यूनिष्टहरु कसरी कर्पोरेटमा बद्लीय भन्नेमा अलीकन अन्तराष्ट्रिय आयामलाई हेरौं । जब कम्यूनिष्टहरुको बिचार र आदर्श कमजोर हुदै जांदा समाजवादले उत्तरउत्पादन उपभोक्तावादी पुंजीवादलाई बोक्यो । नेतृत्व निर्माण,बिकास र हस्तान्तरणको प्रणालीमा माफीयाहरु हाबी भए । अन्ततः निर्बाचनमा सफल हुदै जांदा पुजीवादलाई गाली गर्ने माक्र्सवादी मत पनि भुत्ते भयो । १९९० पछी पुजीतुल्य माक्र्सवादमा राजकीय नेतृत्व बिकसीत भयो । शहकारी एबं बैङ्कीङ पुजीमा सुद्खोर चरीत्र घुस्न पुग्यो ।

सहकारीे चर्को ब्याज र संकलीत निक्षपको दुरुपयोग गर्दै बर्ग उत्थान गर्ने प्रबृती ह्वात्तै बढयो । यसले लक्षित बर्गलाई उपेक्षा गर¥यो । यसरी आर्थिक शोषण संस्थागत भयो । बिकास सत्तामा भएको हालीमुहालीका कारण माक्र्सवादीहरु ठेकेदारी बुर्जुवामा रुपान्तरण भए । बुर्जवा माक्र्सवादले आन्दोलनलाई नै ठेकेदारीमा लगेर बिसाइदिएको छ । उत्पादन प्रतिको अरुचिले गर्दा आयात आश्रीत उपभोग बढीरहेको छ । बहुराष्ट्रिय कम्पनी बजारमा प्रभुत्वशाली भए ।

बजारीयासंग कुत असुल्ने माक्र्सवादी त्यही बजारमा सर्बहारा खोज्ने हास्यास्पद कार्यनितीमा दृढ छ । एउटै कम्यूनिष्ट पार्टी भित्रका माथि देखी तल सम्मका कमिटी नेतृत्वका बिचार, संस्कृति र कार्यशैलीाको मापणलाई बिचार गर्दा कुनै गीरोहको चरीत्र भन्दा पनि तल्लो स्तरममा झरेको देखीन्छ ।

बिश्व र खासगरी नेपाली कम्यूनिष्टहरुको लागी घोत्लीनै पर्ने बिषय के छ भने कम्यूनिष्टका गुरु माक्र्सले धर्म अफीम हो भन्ने कुरालाई बिर्सेर सबै थोक धर्म हो भनेर अध्यात्मवादको सरणमा जानु पनि अर्को माक्र्सवादी सत्ताको पलायनको आधार बन्न पुगेको छ ।

भनिन्छ कम्यूनिष्टहरु बिग्रीए भने आफ्नो पाप कटनी गर्न सबै भन्दा बढी ढोंगी धर्म गुरुमा बद्लीन्छन । नेपालका नेल्शन मण्डेलाका रुपमा कुनै बेला चर्चा पाएका मोहचन्द्र अधीकारी आस्तीक भएको खबर सार्बजनिक भएपछी तत्कालीन समयमा कार्यकर्ताहरु र उनका शुभचिन्तक निकै क्रुद भएका थिए ।

२०४६ साल पछी पटक पटक सत्ता आरोहन गरेको तत्कालीन कम्यूनिष्ट पार्टीका नेताहरु बोकाको रगतमा टेकेर पद्भार ग्रहण गर्ने , धार्मीक भजन कृतन सहीत शीलन्यासमा सजिलै पसारीने आचरणमा ह्वात्तै परीबर्तन भयो । अन्तत ः त्यस पार्टी भित्र आदर्शवाद एबं भौतिकवादी दार्शनिक प्रणाली र जिबन आचरण बारेको बहस नै गाएब हुन पुग्यो । यसको बिकास बढ्दै गएर हीजो र आजका क्रान्तिकारी कम्युनिष्टहरुको संयोजन धार्मीक हीसाबले समेत मोदिलाई उछिन्नमा म्याराथन दौडको मैदानमा कुदीरहेका छन ।

यसरी नेपालका कम्यूनिष्ट पार्टीले नत चाइना वा क्यूवा जस्तो कम्यूनिष्ट पद्धती अंगाल्न सक्यो नत बेलायत, अमेरीका वा भारत जस्तो संसदीय संस्कारको अनुसरण गर्न सक्यो यही अन्योलतामा यो गर्ने कि त्यो गर्ने को दुबीधाले कम्यूनिष्ट सरकारको बास्तबिक अनुभुती गर्ने जनतको चाहाना धुमील बन्दै गएको छ भने जहा बिबेक र शक्ति केन्द्रित गर्नु पर्ने हो त्यहा नगर्ने जहा नगर्नु पर्ने हो त्यहा गर्ने बिखलबन्दको जहाजमा कम्यूनिष्ट पार्टी र सत्तामा सवार छ नेतृत्व ।

यसको ज्वलन्त उदाहरण कृष्ण महरा जसलाइ कुख्यात अपराधीको जस्तै पस्केको भात समेत खान नदिई हठात जेलमा कोचियो भने केही सांसदहरुले बिमानस्थलको लापरबाही र अन्य ससरकारको कमजोरीको कुरा उठाउदा चिसो सीडीमा कोचिनु पर¥यो ।

केही बलात्कारी र सुन तस्कर काण्डले सरकार हैरान परीसान भएको बेला दण्डहीनताको नियन्त्रण गरेको देखाउनै पर्ने चरं दबाबमुलक परीस्थीतीमा महरा लगाएत केही सांसदहरुलाई बलीको बोको बनाएको कुरा देख्न पावरवाला चस्मा लगाउनै पर्दैन ।

एकातिर कुख्यात बलात्कारी, सुन तस्करी, टुडीखेल र बालुवाटार काण्डका नाइकेहरु , नेपालका नं एक डोन भनेर चिनीनेहरु सरकार र पार्टीको हाइकमाण्डमा बिजारमान छन भने अर्कोतिर सधैं दबाब र अन्दाधुन्द सरकारले भोली कसरलाई कतिखेर टीपेर बलीको बोको बनाउने हो स्थिती पार्टी र सत्ता भित्रकै लागी समेत त्रासदीपुर्ण छ । यस्तै ध्यान बिकर्षण गर्न कुनै मुल्याङ्कन र मापदण्ड बिना बेमौसमी एबं हचुवाको भरमा केही थान मन्त्री बाहीर र केही थान मन्त्री भीत्र बनाएर जग हसाउने काम समेत गरी सकेको छ सरकारले ।

स्थिती कहा सम्म पुगी सक्यो नेतृत्वलाई न आफ्ना कार्यकर्ता संग डर छ न आफ्नै बर्गसंघर्षसको इतिहांस संग लाज छ । जति सुकै तीतो लागे पनी हुनुपर्ने न्यून्तम रुपमा समेत समाजवादी हुने चेष्टा सम्म नगर्ने अनि हुनै नपर्ने र हुदै नभएको चरित्र थोपारेर आफूलाई असली कम्यूनिष्ट घोषणाको अन्तराष्ट्रीय बिकुल फुकि राख्ने शैलीले कसलाई बिनास र लाभ हुनेहो यो नै आजको नेपाली राजनितीकों बिचारणीय एबं केन्द्रिय प्रश्न हो ।

अत नेपालका कम्यूनिष्ट र बिश्व कम्यूनिष्ट आन्दोलनलाई माक्र्सवादको आत्मा अनुसार अगाडी बढाउने हो भने सांस्कृतिक क्रान्ति सहीतको सर्बहाराबर्गको अधिनायकत्वको बिकास र प्रयोगलाई ठीक ढंगले लागु गर्ने कुरा बीलम्व भैसकेको छ । अन्यथा कम्यूनिष्ट पार्टी सधै कुइराको काग बनीराख्ने र देश र जनता बर्बादीको दलदलमा फस्दै जाने स्थिती सृजना हुने हो भने पार्टी र सत्ताको बागडोर सम्मालेका नेपाल र बिश्व कम्यूनिष्टका नेतृत्व को शेषलाई पुर्ब सहयोद्धाहरुको समाधी भित्र खोज्ने दिन नआउला भन्न सकिन्न ।