चिकित्सा शिक्षा आयोगलाई बढाएको शुल्क फिर्ता लिन माग

काठमाडौं, विद्रोही नेकपा निकटको भातृ सँगठन अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा आपत्ती जनाएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा संघर्ष गर्न बाध्य हुने बताएका छन ।

हालै चिकित्सा शिक्षा आयोगले नेपाल राष्ट्र बैकको मुद्रास्फीतिका आधारमा यस वर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको थियो । जस अनुरुप एमबीबीएस तर्फ काठमाडौ उपत्यकाभित्र ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, बीडीएसतर्फ २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ। चिकित्सा शिक्षा ऐनले प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बैकको मुद्रास्फीति अनुरुप शुल्क निर्धारणहुने व्यवस्था गरेको छ।

यस अघि, उपत्यका भित्र एमबीबीएस तर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क थियो । यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको  थियो।

यस्तो छ विज्ञप्ति