शाहीको स्मृतिमा बाँकेका बिद्यार्थीले रोपे एक सय विरुवा

 

बाके, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) बांकेले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन विद्यार्थी नेता तथा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर नगरपालिकाको कौशिल्लानगरमा अवस्थित जनज्ञानज्योति माध्यामिक बिद्यालयमा बिभिन्न जातका करिव १०० विरुवा रोपिएको हो । वृक्षारोपणको मुख्य उदेश्य विद्यालयमा स्वच्छ तथा हरियाली वातावरण वनाउनु रहेको संगठनले जनाएको छ ।

वक्षारोपण कार्यक्रममा बिद्यालयका प्रधानध्यापक एकदेव पन्त, अन्य शिक्षक तथा विद्यार्थीहरुको साथै अनेरास्वबियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द, बांके जिल्ला संयोजक डि.बि.शाही लगायतका बिद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।कार्यक्रममा उपस्थित संगठनका केन्द्रीय सदस्य मदन चन्दले आफु हिरासतमा भएकै समयमा एउटा असल मित्र तथा सहयोद्धा गुमाउनका साथै देशले एउटा होनहार क्रान्तिकारी योद्धा गुमाउदा सार्है पिडा भएको वताएका छन् ।

साथै देश परिवर्तनको खातिर एकिकृत जनक्रान्तिको वाटो वाट वैज्ञानिक समाजादी व्यावस्था स्थापना गरेर वैज्ञानिक समाजवादी शिक्षा लागु गर्ने अभियानमा लामवद्ध भएका एक होनहार क्रान्तिकारी योद्धाको वलिदानी इतिहासले विर्सन नहुने उनले वताए ।कार्यक्रममा उस्थित संगठनका जिल्ला संयोजक डि.बि.शाहीले विद्यार्थी नेता तथा एकिकृत जनक्रान्तिका महान सहिद प्रज्वलको वलिदानी जनयुद्ध पछिकै सबै भन्दा उच्च तहबाट भएको वताएका छन् ।

उनको वलिदानीको वदला विवेक र आक्रोशको सन्तुलन मिलाएर दलाल संसदिय पुजीवादी व्यावस्थालाई उखलेर नफाले सम्म पुरानहुने वताएका छन् ।उनको स्मृतिमा संगठनले देशभर बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।