आहा ! संगै निरन्तर झरीरहूँ लाग्ने त्यो पचाल झरना (हेर्नुस तस्विरमा)

कालीकोट,कलकल बग्ने पानी अनि लहलहाँउदो हरियाली आखिर  कसको मन छुदैन होला र ?  हिजाेआज त्यस्तै अबस्थामा देखिन्छ कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहरोबाट बनेको पचाल झरना ।

कुनैबेला पचालछहराको रुपमा परिचित यो झरना पचालो देउता भुत भुतेनीसंग संघर्ष गर्दा लुकेर बस्ने स्थानका रुपमा परिचित थियो ।

प्राचिनकालमा भुतेनी छहरोले परिचित यो झरना पचालो बस्दै जाँदा पचाल छहरो नामम रहेको बुढापाकाहरुको किवंदन्ती छ । बाहिरबाट हेर्दा  जति सुन्दर देखिन्छ  पचाल झरना भित्र पस्ने हो भने फेदीका ती रंगिन दृश्य धुलछहरा ,बासगाड छिरीगाढ अनि वारीपारीबाट आ आफने गती र बेगमा सुसेली हाल्दै बगीरहेका देखन्छिन ।

ति सबै मनमोहक दृश्यको त्रिबेणी अर्थात तिर्थस्थल जस्तै लाग्ने पचालको मन्दिर खिप्ला ठुलो घनाघोर जंगल घाँसे मैदान लगायत महत्वपुर्ण जडिबुटीले सिंगारीएका छन ।

अनौठो कुरा त के छ भने बर्षमा ६ महिना घाम पर्ने ६ महिना घाम नपर्ने झरनामा हिउँदमा जमेको पानीका लहरा सिसा जस्तै बनेर धारा प्रावहका रूपमा बग्ने गर्छन ।

बसन्तमा रातै बनेर फुलेका लालीगुराँसको सजिसजावटले झरनालाई दुलही जस्तै सिंगारेको हुन्छ । बैशाख जेठमा पाक्ने काफलले जो कोहीलाई मोहीत तुल्याउछ ।

पचालझरना गाउँपालिकामा रहेको पचलाझरना अबलोकन गर्ने पर्यटकहरुमा बृद्धी भएको छ ।

पछिल्लो चरणमा गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गरि पहिचान गरेपछि झरना अबलोकन आउने पर्यटकहरु बढेका हुन ।

गाउँपालिकाकै पहलमा पचाल झरना देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ ।

यो झरना नेपालको सवै भन्दा अग्लो झरना हो । यो नेपालको मात्र नभएर एसियाकै अग्लो झरना भएको दावी गरिएको छ । यसको लम्वाई ३८१ मिटर रहेको छ ।

देश संघिय संरचनामा गैसके पश्चात वनेको स्थानीय सरकारको पहलमा यसको औपचारिक नाप लिएको थियो । यसको वास्तबिक उचाई पत्ता लागेसंगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।

यसको चर्चा बढेसंगै झरना हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदो छ ।

गत बुधबार पचाल झरना गाउपालिकाका अध्यक्ष खडकराज सेजुवालले पचालभरनाको फेदीमा आयोजित बिशेष गाउसभावाट पचालझरनाको समृद्धीमा कुनै कसुर बाँकी नराख्ने बताए । 

 

सेजुवालले झरना हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यनजर गर्दै सडक, होमस्टेहरु सन्चालन गरिनुका साथै झरनालाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरिने जानकारी दिए ।