चिरपट प्रहार गरी सहोदर दाईको हत्या

रामेछाप, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ ।

शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका थिए । भाईको कुटाईबाट गम्भीर घाइते भएका दाई जयप्रकाशको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी वताए ।

भाई किरण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जाँडको निहुँमा भाई किरण राईले दाई जयप्रकाश राईमाथख लाट्ठीले प्रहार गरेका थिए ।